Facebook Twitter Google+ Google+
DHO

डडेल्धुराका मतदान केन्द्रमा आजबाट कर्मचारी खटिए

Advertise Here

डडेल्धुरा ।

डडेल्धुराका मतदान केन्द्रमा आजबाट कर्मचारीहरु खटिएका छन् । निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ९२७ निजामती कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ ।

भौगोलिक रुपमा टाढा रहेका परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा शनिबार बिहान र बाँकी ठाउँमा १७ र १८ गते कर्मचारी पुगिसक्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत दिलिप तामाङले जानकारी दिए ।

कर्मचारीहरुसँगै मतदान सामग्री पनि पठाइएको छ । जिल्लामा ११७ मतदान केन्द्र तोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज भट्टका अनुसार डडेल्धुरामा निर्वाचन सुरक्षाका लागि ५३० नेपाल प्रहरी, ६६० म्यादी प्रहरी र २९० जना सशस्त्र परिचालन गरिएको छ । मंसिर १२ देखि मतगणना नसकुञ्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र समेत घोषणा गरिएको छ ।

प्रतिनिधि सभाको लागी १ र प्रदेश सभा सदस्यका लागि २ निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ८१ हजार ७३२ मतदाता रहेका छन् । कांग्रेसबाट पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग वाम गठबन्धनका साझा उम्मेदवार माओवादीका खगराज भट्ट चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • बमको जिम्मा विप्लव समूहले लियो, आज साँझदेखि नपड्काउने
  • गगन थापालाई लक्षित गरी बम विष्फोट गराउने विप्लव समूहका ६ जना पक्राउ
  • डा. सिके राउत पक्राउ
  • आफ्नै सरकारलाई गगन थापाको प्रश्न- बम पड्काउदै हिँड्नेलाई छुट किन ?
  • शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी
  • आचारसंहिता पालनामा प्रेस काउन्सिलको आम सञ्चारसमक्ष अपिल
  • डडेल्धुराका मतदान केन्द्रमा आजबाट कर्मचारी खटिए
  • भोलि सार्वजनिक विदा