जंगली जनवारले गहुँ खानथालेपछि किसान चिन्तामा

मा प्रकाशित


दार्चुला ।

किसानले लगाएका गहुँ जंगली जनावरले खानथालेपछि किसान चिन्तामा परेका छन् ।

दार्चुलाको मार्मा क्षेत्रको लेकाली भेगमा मार्मा गाउँपालिका वडानम्बर १ २ र ३ का किसानहरुको गहुँ जंगली जनावर मृग, घोरलले दिउसै आएर खाने गरेको  स्थानीय कृष्ण सिंहले बताउनुभयो ।

वडानम्बर १ को गुल्जर, वडानम्बर २ को भोकेबासा, चौपाता, चौडाली, सल्लेथुम लगायतका क्षेत्रमा लगाएको गहुँ सबै जंगली जनवारले खानथालेपछि किसानरु जागरम बस्न थालेका छन् ।

मार्मा क्षेत्रको लेकाली भेग अपिनाम्पा संरक्षण क्षेत्रको रुपमा घोषणा गरेपछि मृगको सख्या बढेकाले गाउँतिर पस्ने गरेको स्थानीय लल्ते भट्टले बताउनुभयो ।

पानि नपरेर गहुँ नउम्रेको भन्दै चिन्तामा परेका किसान उम्रेको गहुँ पनि जंगली जनावरले खाइदिएपछि चिन्तामा परेका दिनेस सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: