Facebook Twitter Google+ Google+
DHO

खोड्पेमा खुल्यो सुविधा सम्पन्न होटेल हरिहर प्लाजा

Advertise Here

बैतडी ।

बैतडी जिल्लाको खोड्पेमा सुविधा सम्पन्न होटेल संचालनमा आएको छ । खोड्पे बझांगरोडमा मंगलबार एक कार्यक्रमका विच हरिहर प्लाजाको उद्घाटन गरिएको छ ।

बैतडीको प्रमुख व्यापारीक केन्द्र एबं डडेल्धुरा, बझांग र दार्चुलाको मध्यभागमा रहेको खोड्पे बजारमा पहिलो पटक उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले युवा व्यवसायीहरुले होटल हरिहरप्लाजा संञ्चालनमा ल्याएका हुन । कुल १६ वटा अटयाज र ३ वटा नन्अटयाज कोठा र ५० जनाको क्षमता रहेको सेमिनार हल सहित सुविधा सम्पन्न अध्याधुनीक रेष्टुरेन्ट सहित सुरु भएको होटेल बाट नजिकै हिमश्रृखंलाको दृश्यावलोकन गर्न सकिन्छ ।

उद्घाटन कार्यक्रममा बक्ताहरुले बोल्दै युवाहरुले होटेलमा लागानी गर्नको लागी आट देखाउनु भएकोमा धन्यवाद दिएका छन् । बक्ताहरुले बैतडीको पर्यटन, सास्कृतिक प्रवद्र्धनमा सहयोग पुर्याउन होटेल व्यवस्थापन ले ध्यान दिनेछ भन्दै वैतडीको पर्यटकिय प्रवद्र्धनका लागी सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

उक्त होटेल उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एबं पाटन नगरपालीकाका प्रमुख केशव बहादुर चन्दले यो होटल बैतडीको पर्यटकिय विकासको लागी कोशेढुंगाा सावित हुने बताउनुभयो ।

उक्त कार्यक्रममा वडा नं. ८ र १० का वडा अध्यक्ष, खोड्पे बजार व्यवस्थापन समितिका अध्यक्ष, सुरक्षा निकायका प्रमुख, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि, राजनैतीक दलका प्रतिनिधि, संञ्चारकर्मी र अन्य सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • क्रिसमस डे र अंग्रेजी नयाँ वर्षमा आकर्षक ‘प्याकेज’
  • खोड्पेमा खुल्यो सुविधा सम्पन्न होटेल हरिहर प्लाजा
  • पत्तालभुमेश्वरको विकासका लागि फेसबुकबाटै जुटे युवा
  • पर्यटन पत्रकार संघ बैतडी शाखा गठन, संयोजकमा भट्टराई
  • पाटन विमानस्थल स्तरोन्नतिको काम तीव्र गतिमा
  • कैलालीको मोहनी : निर्मोही व्यासको नियात्रा
  • नियात्रा : टीकाजस्तै टीकापुर
  • नेपालको इतिहासमा पहिलो पटक हस्पिटालिटी एवार्ड प्रदान
  • error: Content is protected !!