Facebook Twitter Google+ Google+
DHO

खोडपेमा सुचना मनोरञ्जनात्मक मेला लाग्ने

Advertise Here

बैतडी ।

बैतडीको पाटन नगरपालिका ८ खोडपेमा पुस १३ गते बिहीवार सुचना मनोरञ्जनात्मक मेला लाग्ने भएको छ ।

लैंंगिक तथा महिला हिंसा र उमेर नपुग्दै बिवाह गरिने बारे सचेतना जगाउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको बताइएको छ । मेलामा महिला बिरुद्ध हुने हिंसा, उमेर नपुगेरै गरिने बिवाहको कारण, असर रोकथामको उपाय र यस्ता समस्या भए उजुरी गर्न कहाँ जाने भन्ने बिषयमा जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गरीन लागेकको संयुक्त राष्ट्रसंघिय जनसख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहिले बताउनुभयो ।

UNFPA को सहयोगमा एक्वलएक्सेस नेपाल सञ्चारिका समुहको आयोजना तथा भुमेश्वर सामुदायिक बिकास संघको सहयोगमा कार्यक्रम गरीदैछ ।

यस्तै मेलामा गितसंगित, सडक नाटक, दोहोरी, कविता बाचन चुट्किला मुक्तक बाचन गरीने हुदा कार्यक्रमको समयअवधिभर भरपुर मनोरञ्जन लिन सकिने उहाँले बताउनुभयो ।

बैतडीमा अझैपनि महिलामाथि विभिन्न किसिमका हिंसा भइरहेकाले जनचेतना जगाउनका लागि कार्यक्रमको आयोजना गरीन लागीएको हो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!