कैदीबन्दीसँग सुरक्षा प्रमुखहरुको अन्तरक्रिया

मा प्रकाशित


बैतडी ।

जिल्ला कारागार बैतडीका कैदी बन्दीहरुसँग प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुखहरुले अन्तरक्रिया गरेका छन् ।

कारागारमा उनिहरुले भोग्दै आएका समस्याबारे छलपल गर्दै उनिहरुका लागि उद्यमशीलता सम्बन्धि तालिमको ब्यवस्था गर्न उक्त कार्यक्र आयोजना गरिएको प्रजिअ शिद्धराज जोशीले बताउनुभयो ।

कैदी बन्दीहरुलाइ एक आपसमा मिलेर बस्न अनुरोध गर्दै जेलबाट बाहिर निस्कदा असल नागरिक भएर निस्कनु पर्ने बताउनुभयो ।

कैदी बन्दीहरुलाई उद्यमी बनाउन तालिम दिइनुपर्ने र त्यसका लागि आफूहरु तयार रहेको जिल्ला घरेलु विकास समिति प्रमुख नारायण न्यौपानेले बताउनुभयो ।

जिल्ला कारागारका कैदी बन्दीहरुले पहिलो चोटी आफूहरुसँग यस्तो कार्यक्रमको आयोजना गरिएको बताएका छन् । उनिहरुले खेलकुद सामाग्रीको ब्यवस्था मिलाइदिन अनुरोध गर्दै कारागार भित्र कैदी बन्दीहरुबीच एक आपसमा मैत्रीपूर्ण वातावरण निर्माणको लागि अनुरोध गरेका थिए ।

कैदीबन्दीहरुलाई कारागारले दिने सेवा सुविधामा कुनै कमी नरहेको कारागार प्रमुख अनिल तिवारीले बताउनुभयो । उहाँले यस्ता कार्यक्रमलाई भविस्यमा पनि निरन्तरता दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: