Facebook Twitter Google+ Google+
DHO

कञ्चनपुरमा पनि मतदान शान्तिपूर्ण वातावरणमा सु-सम्पन्न

Advertise Here

हरिश चन्द्र बाग,
कञ्चनपुर ।

कञ्चनपुरमा समेत आज विहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण तबरले मतदान सम्पन्न भएको छ । उत्साहपूर्वक मतदाताहरुले मतदान गरेका छन् । कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कञ्चनपुर जिल्लामा करिब ६५ देखि ६८ प्रतिशत जति मतदान भएको प्रारम्भिक जानकारी दिनुभएको छ । उहाँले मतपेटिका संकलनको कार्य जारी रहेकोले मतगणना भोली विहानबाट मात्र सुरु गरिने जानकारी दिनु भयो । आज राति ११ बजेसम्म कञ्चनपुर जिल्लाका सबै ठाउँहरुबाट जिल्ला सदरमुकाम महेन्द्रनगरमा मतपेटिका जम्मा गरेपछि भोली विहानबाट मतगणना गरिने उहाँले जानकारी दिनुभयो ।

कञ्चनपुर जिल्लाका ३ जना प्रतिनिधि सभा सदस्यका लागि र ६ जना प्रदेश सभा सदस्यका लागि ६४ जना उम्मेदवार चुनावी मैदानमा होमिनु भएको थियो । जसमध्ये आज भएको मतदानबाट कञ्चनपुरका ९ जना उम्मेदवारहरुको भाग्य मतपेटिकाहरु भित्र सुरक्षित रहेको छ । १ सय ३२ निर्वाचन स्थलका ३२० मतदान केन्द्रमा २ हजार ५६० कर्मचारी खटिएका थिए भने सबै निर्वाचन केन्द्रमा १ हजार २८० स्वमसेवक समेत खटिएका थिए ।

निर्वाचनका लागि स्थानीय प्रशासनले कञ्चनपुरमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश बहादुर चन्दले जिल्लाभरी कुनैपनि स्थानमा अप्रीय घटना घट्न नपाएकाले यो निर्वाचन हालसम्मकै शान्तिपूर्ण वातावरणमा सुसम्पन्न भएको दाबी गर्नुभयो । मतदान पछि पनि मतपेटिका संकलन देखि मतगणना सम्मका सबै कार्यहरु सम्पन्न गर्न कञ्चनपुर प्रहरी र सबै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो ।

निर्वाचनलाई मध्यनजर गर्दै रेडियो बेलौरीले पनि चौबिसै घण्टा प्रशारण जारी राख्ने भएको छ । नियमित प्रशारण भइरहेका सबै कार्यक्रम पनि स्थगित गरी रेडियो बेलौरीले “निर्वाचन विशेष महासंग्राम“ प्रशारण गर्दै छ । आज सम्पन्न मतदानका क्रममा पनि मतदान स्थलबाटै प्रत्यक्ष प्रशारणका लागि रेडियो बेलौरीको टोलि क्षेत्रभरी खटिएको थियो ।

त्यस लगत्तै मतगणना स्थलमा पुगेर मतगणना नसकिएसम्मका लागि श्रोतालाई तुरुन्तै जानकारी गराउने तयारी थालिएको छ । रेडियो बेलौरीका प्रतिनिधि चौबिसै घण्टा मतगणना स्थल मै रहने छन् । त्यस्तै समय समयमा नेपाली रेडियो नेटवर्कबाट निर्वाचनमा नजर पनि प्रशारण गरिदैँ आएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • बमको जिम्मा विप्लव समूहले लियो, आज साँझदेखि नपड्काउने
  • गगन थापालाई लक्षित गरी बम विष्फोट गराउने विप्लव समूहका ६ जना पक्राउ
  • डा. सिके राउत पक्राउ
  • आफ्नै सरकारलाई गगन थापाको प्रश्न- बम पड्काउदै हिँड्नेलाई छुट किन ?
  • शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी
  • आचारसंहिता पालनामा प्रेस काउन्सिलको आम सञ्चारसमक्ष अपिल
  • डडेल्धुराका मतदान केन्द्रमा आजबाट कर्मचारी खटिए
  • भोलि सार्वजनिक विदा