Facebook Twitter Google+ Google+
DHO

कक्षा ११ र १२ को नतिजा पनि अब ग्रेडिङ सिस्टममा

Advertise Here

काठमाडौं ।
कक्षा ११ को नियमिततर्फको नतिजा पुस २० गतेभित्रै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कर्मचारी चुनावमा खटेकाले नियमिततर्फको नतिजा ल्याउन अलिकति ढिला भएको बोर्डले जनाएको छ ।

कक्षा ११ को नतिजा यो वर्षदेखि ग्रेडिङ प्रणालीबाट प्रकाशन हुने भएको छ । ग्रेडिङ प्रणालीबाट आउन लागेकाले नतिजाबारे विद्यार्थीमा कौतूहल देखिएको परीक्षा बोर्डले बताएको छ । यसअघि एसईईको नतिजा ग्रेडिङ प्रणालीबाट सुरु भइसकेको छ ।

बोर्डले गे्रडिङ प्रणाली वैज्ञानिक र अन्तर्राष्ट्रिय स्तरमा पनि मान्य भएकाले कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीबाट गर्ने बोर्डले निर्णय गरिएको जनाएको छ । कक्षा १२ को नतिजा पनि ग्रेडिङ सिस्टमअनुसार गर्ने बोर्डको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • दिवा खाजा कार्यक्रमले विद्यार्थीमा नियमितता
  • शहरका विद्यार्थी गाउँमा बसेर प्राविधिक शिक्षा पढ्दै
  • अर्बौँको छात्रवृत्ति छरपस्ट वितरण
  • प्रश्नपत्रमा हदै लापरबाही
  • एसईई परीक्षा चैत ८ देखि २० गतेसम्म
  • कक्षा ११ र १२ को नतिजा पनि अब ग्रेडिङ सिस्टममा
  • बैतडी जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्
  • नेपाली सेनाद्वारा विद्यालय भवन जीर्णोद्धार