एमाले–माओवादी सहयात्रा कसैले तोड्न सक्दैनः पौडेल

मा प्रकाशित


काठमाडौँ ।

नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको सहयात्रालाई कसैले तोड्न नसक्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले आवश्यक गृहकार्य सम्पन्न भइसकेपछि सरकार बन्नुअघि नै पार्टी एकता हुने बताउनुभयो ।

अर्को प्रसंगमा प्रदेश नं ५ को राजधानी रुपन्देही हुने बताउनुभयो । निर्वाचन आयोगले निर्वाचन परिणामलाई औपचारिक रुपमा प्रतिवेदन राष्ट्रपतिलाई नबुझाई ढिलाइ गरिरहेको उहाँको तर्क थियो । उहाँले सरकार गठन प्रक्रिया शीघ्र शुरु हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: