एकिकृत अखिल नेपाल शिक्षक संगठन बैतडीको जिल्ला अधिवेशन सम्पन्न

मा प्रकाशित


बैतडी ।

एकिकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौ जिल्ला अधिवेशन बैतडीको पाटनमा सम्पन्न भएको छ ।

अधिवेशनबाट अध्यक्षमा रमेश नाथ सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै नयाँ कटिमीको उपाध्यक्षमा उद्धव महरा, देवसिह ठगुन्ना, जानकी लुहार, सुरेन्द्र साउद, गणेश बोहरा, सचिवमा लक्ष्मीदत्त भटट्, अर्थसचिवमा राजेन्द्र जोशी, सहसचिवमा गिता जोशी, शंकर घर्ती, र विरसिह ठगुन्ना चयन हुनुभएको छ ।

उद्घाटन सभाको अध्यक्षता संगठनका जिल्ला अध्यक्ष आनन्दसिह थापाले गर्नुभएको थियो भने प्रमुख अतिथि संगठनका केन्द्रिय उपाध्यक्ष एवंम प्रदेश नम्बर ७ ईन्चार्ज कृष्ण दत्त भट्ट बोक्सर रहनु भएको थियो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य जिल्ला ईन्चार्ज पूर्व सभासद नरेन्द्र कुवँर विजयसुन्दर रहनुभएको थियो कार्यक्रममा संगठनका प्रदेश नम्बर सात संयोजक हरिसिह जोशी, संगठनका केन्द्रय सदस्य तथा जिल्ला संयोजक प्रेमसिह थापा, वाईसीएलका जिल्ला संयोजक कमलसिह बोहरा, केन्द्रिय कार्यालय सदस्य सरस्वति भट्ट लगायतका शिक्षक, माओवदी केन्द्रका विभिन्न संगठनमा आबद्ध नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका संगठनका केन्द्रिय उपाध्यक्ष एवंम प्रदेश नम्बर ७ ईन्चार्ज कृष्ण दत्त भट्ट बोक्सरले संगठनमा अन्य संगठनहरुबाट समेत शिक्षक संगठित भैईरहेकाले यो संग

ठन बलियो हुदै गइरहेको बताउनुभयो । शिक्षकहरुको पेशागत हकहितका लागि संगठनले महत्वपूर्ण भुमिका रहेको उहाँले बताउनुभयो । यस्तै कार्यक्रमका विशिष्ट अतिथि माओवादी केन्द्रका पोटि व्यूरो सदस्य विजयसुन्दरले समृद्धि र समाजबाद उन्मुख यात्रामा अखिल नेपाल शिक्षक संगठनको अहम भुमिका रहेको बताउनुभयो ।

समाजमा राजनीतिक चेतना विकास गर्नमा संगठनमा आबद्ध शिक्षकहरुले खेलेको भुमिकाको प्रशंशा गर्दै उहाँले सर्वाहारा वर्गलाई अधिकार सुम्पने माओवादीको लक्ष्य प्राप्तीमा परिवर्तन कारी शिक्षकहरुले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

राजनीतिक अस्थिरताबाट देशलाई मुक्त गर्ने अभिभारा परिवर्तनकारी शक्तिहरुकै काधमा रहेकाले शिक्षकहरुले साथ दिईरहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

पाँचौ जिल्ला अधिवेशनबाट नयाँ कार्य समिति चयन गरेको एकिकृत अखिल नेपाल शिक्षक संगठन बैतडीको आजै पहिलो बैठक पनि पाटनमा बसेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: