Facebook Twitter Google+ Google+
DHO

उत्साहपूर्ण मतदान सम्पन्न भएकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद

Advertise Here

काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकोमा देशवासीलार्इ धन्यवाद दिएका छन्।

बिहीबार विज्ञप्तिमार्फत प्रधानमन्त्री देउवाले लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने मतदाता, सुरक्षाकर्मी, राष्ट्रसेवक, शिक्षकलगायत पर्यवेक्षणमा सहभागी सबैलाई धन्यवाद दिएका हुन्।

सरकारले दृढताका साथ उभिएर निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै उनले निर्वाचन संविधान कार्यान्वयन गर्ने सन्दर्भमा महत्वपूर्ण खुट्किलो भएको बताए। प्रधानमन्त्री देउवाले भने, “प्रथम चरण र आजको दोस्रो चरणको निर्वाचनमा मतदाताले देखाएको उत्साहपूर्ण उपस्थितिले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको छ, सरकारप्रति नागरिकको अपार विश्वास प्राप्त भएको महसुस मैले गरेको छु।”

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा र दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा शान्तिपूर्ण र उल्लासमय रुपमा सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ‘नयाँ सरकार गठनमा अवरोधको कोसिस’
  • बैतडी जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्
  • समानुपातिकको मतगणना सम्पन्न, कुन दलले कति सिट पाउँछन् ?
  • पाटन नगर कार्यपालिकामा विवाद हुँदा सेवाग्राही मार्कामा
  • बैतडीमा फेला पर्‍यो मूर्तिसहितको गुफा
  • यी हुन् प्रदेश सातको प्रतिनिधि सभामा विजयी १६ सांसदहरु
  • सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
  • वाम गठबन्धनको प्रत्यक्षतर्फ दुई तिहाई