३२ जिल्लामा मतदाता परिचयपत्र वितरण हुँदै

मा प्रकाशित


काठमाडौं ।
मंसीर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका मतदातालाई निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण गरेको छ ।

गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरेका नयाँ मतदाताले र परिचयपत्र लिन बाँकी पुराना मतदाताले परिचयपत्र पाउने भएका हुन्। आज र भोलि दुई दिन आयोगले परिचयपत्र वितरण गर्ने भएको हो।

आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा भने १९ र २० गते मतदाता परिचयपत्र वितरण गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!