३२ जिल्लामा बिहानैदेखि मतदान जारी

मा प्रकाशित


काठमाडौँ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज पहिलो चरण अन्तर्गत मतदान भइरहेको छ। पहिलो चरणमा आज ३२ हिमाली र पहाडी जिल्लामा प्रतिनिधि र प्रदेश सभाका लागि मतदान जारी छ।

३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि मतदान हुन लागेको हो। मतदान विहान ७ बजेबाट सुरु भएको र साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ।

पहिलो चरणमा आज सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रूकुम (पूर्वीभाग), रोल्पा, रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन हुन लागेको हो।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३७ पदका लागि २ सय ८२ जना उम्मेदवार मैदानमा छन्। प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि चार सय २० जना चुनावी मैदानमा छन्। प्रदेशसभामा ४ सय पुरुष र २० जना महिला उम्मेदवार छन्। प्रतिनिधिसभा र प्रदेशसभाका १ सय ११ पदका लागि ७ सय २ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!