Facebook Twitter Google+ Google+
DHO

स्थानीय तह निर्वाचनपछि साढे १३ लाख मतदाता थपिए

Advertise Here

काठमाडौं ।
स्थानीय तहको निर्वाचनपछि देशभर साढे १३ लाखभन्दा बढी मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४१९ मतदाता थिए । निर्वाचन आयोगले असोज १७ गते अध्यावधिक गरेको अन्तिम मतदाता नामावली १३ लाख ५५ हजार ५ सय १६ नयाँ मतदाता थपिएका छन् ।

आयोगले स्थानीय तहको निर्वाचन सकिएपछि १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम छुटेकाका लागि मतदाता नामावली संकलन गरेको थियो । पछिल्लो मतदाता नामावलीमा सबैभन्दा बढी मतदाता मोरङ, काठमाडौं, कैलाली, सुनसरी, दाङ, काभ्रे र चितवनमा थपिएका छन् ।

आयोगले मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार ९३५ जनाको मतदाता नामावली कायम भएको जनाएको छ ।

आयोगका अनुसार प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि कायम भएको मतदाता नामावलीमा महिलाभन्दा बढी पुरुष मतदाता रहेका छन्। पुरुषभन्दा महिला मतदाता एक लाख २५ हजार ४३१ कम छन् । आयोगले तयार पारेको अन्तिम मतदाता नामावलीमा ७७ लाख ७६ हजार ४९६ पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ७६ लाख ५१ हजार ६५ छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा
  • अवहेलना मुद्दामा को–को पुगेका छन् सर्वोच्च?