सातौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सुदूरपश्चिमको साङ्गीतिक जोडी सम्मानित



काठमाडौँ ।
नेपाली लोकबाजा संग्रहालयद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सवमा सुदूरपश्चिमको एक साङ्गीतिक जोडी सम्मानित भएको छ । यही मंसिर ६ देखि ९ गतेसम्म भएको बृहत् वृत्तचित्र प्रदर्शनी अर्थात् लोकसंगीत फिल्म महोत्सवमा सुदूरपश्चिमेली गायक शङ्करसिंह बिष्ट र चाँदनी मल्ल सम्मानित भएका हुन् ।

सो कार्यक्रममा शंकरसिंह बिष्टको निर्देशनमा रहेकोे SACRED MUGIC OF THE GODDESS” ले SPECIAL CONSERVATION AWARD पाएको छ भने “SHAKTI”THE DIVINE FEMAL POWER AMATEUR FILM AWARD द्वारा गायिका तथा सञ्चारकर्मी चाँदनी मल्ल सम्मानित भएकी हुन् ।

राष्टिय नाचघर जमलमा ४ दिनसम्म सञ्चालित कार्यक्रममा नेपाल, भारत, अमेरिका, क्यानडा, जापान, फिलिपिन्स, भुटान, जिम्बाबे, फ्रान्सलगायत १७ वटा देशका ३२ वटा फिल्म मध्ये १८ वटा फिल्मले अवार्ड हात पारेका छन् ।

नेपाली लोकसंगीत, लोकगीत, लोकबाजा, लोकनाच, लोक संस्कृति, लोक परम्परा, लोक जीवनका विविध पक्षलाई विश्वसामु परिचित गर्ने उद्देश्यले विगत लामो समयदेखि नै नेपाली लोकबाजा संग्राहलयले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)