संशोधनविरुद्ध शिक्षक सेवा आयोगमा तालाबन्दी

मा प्रकाशित


भक्तपुर । शिक्षा ऐनको नवौं संशोधनप्रति विरोध जनाउँदै विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोग, सानोठिमीको कार्यालयमा आइतबार तालाबन्दी गरेको छ । संशोधनमा व्यवस्था गरिएको ७५ प्रतिशतको व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेका बेला आयोगले २१ गते आन्तरिक प्रतिस्पर्धाका लागि विज्ञापन खुलाएपछि त्यसविरुद्ध तालाबन्दी गर्नुपरेको समितिका सह–संयोजक दिग्गज धौरालीले बताए ।
आफूहरुले आयोगले निकालेको विज्ञापनलाई तत्कालन रोक्नु पर्ने मागसहित बुझाएको ज्ञापनपत्रको समेत सुनावाई नभएपछि तालाबन्दी गर्न बाध्य हुनु परेको उनको भनाइ छ । समितिले कुनै पनि सहमतिबिना ताला खोले कार्यलयमा हुने मानवीय, भौतिक, आर्थिक लगायत सम्पूर्ण प्रकारको क्षतिको जिम्मेवारी आयोग स्वयम् हुनुपर्ने समेत चेतावनी दिएको छ ।

नवौं संशोधनबाट ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा गराउने व्यवस्था कायम गरिएपछि लाइसेन्स लिएका सात लाख बढी योग्य उम्मेदवारहरू प्रतिस्पर्धाबाटै वञ्चित भएका छन् । यस अघि ४९ प्रतिशतको व्यवस्था रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!