Facebook Twitter Google+ Google+
DHO

‘वाम गठबन्धनले बहुमत पाएमा सरकारको स्थायित्व र समृद्धि’

thumbAdvertise Here

काठमाडौं । नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले विश्व सम्पदा क्षेत्रमा सूचीकृतस्थल तथा अन्य प्राचीन महत्वका सम्पदास्थलको संरक्षण गर्न सकेमा विश्वव्यापीरुपमा पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।

एमाले टोखा नगरपालिका ६ नं द्वारा आज आयोजित चुनाव परिचालन बैठकमा उनले कृषि, पर्यटन, ऊर्जालगायत औद्योगिक क्षेत्रमा लगानी वृद्धि गरी रोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । देशमा स्थिर सरकार कायम हुन नसक्दा दीर्घकालीन महत्वका योजना कार्यान्वयन नभएकाले वाम गठबन्धनले बहुमत पाएमा सरकारको स्थायित्वपछि राजनीतिक स्थिरता कायम भई आर्थिक समृद्धिको मार्ग खुल्ने बताए ।

काठमाडौं निर्वाचन क्षेत्र नं ५ अन्तर्गत एमाले प्रदेश (ख) का सहसंयोजक मनिराज डंगोलले स्थानीय तहमा विकास निर्माण तथा आर्थिक रुपान्तरणका लागि अहिले वाम गठबन्धनले ल्याएका कार्यक्रम लोकप्रिय रहेको बताए । यसैबीच बूढानीलकण्ठ –४, पासीकोटमा वाम गठबन्धनको सम्पर्क कार्यालय आज स्थापना गरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • पहिलो चरण निर्वाचन : मतदाता परिचयपत्र मंसिर ८ र ९ मा वितरण हुने
  • ‘वाम गठबन्धनले बहुमत पाएमा सरकारको स्थायित्व र समृद्धि’
  • राप्रपा बैतडीका एक दर्जन संस्थापक नेताद्वारा पार्टी परित्याग
  • मतदाता शिक्षा कार्यक्रममा ढिलाइ
  • को हुन लीलाधर भट्ट ?
  • को हुन् दामोदर भण्डारी?
  • दीपावलीले हरेक नेपालीको मुहारमा उज्यालो ल्याउन सकोस् : राष्ट्रपति भण्डारी
  • गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट विजयी