Facebook Twitter Google+ Google+
DHO

वाम गठबन्धनको घोषणापत्र सार्वजनिक

KP Oli and PrachandaAdvertise Here

काठमाडौं ।

मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि एकीकृत भएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) काे वाम गठबन्धनले आफ्नो संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। एमाले र माओवादी केन्द्र सम्मिलित गठबन्धनका शीर्ष नेताको उपस्थितिमा मंगलबार राजधानीमा घोषणापत्र सार्वजनिक भएको हो।

घोषणापत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले सार्वजनिक गरेको घोषणापत्र सर्वोत्कृष्ट रहेको बताए । उनले यो चुनावीमात्र नभई देश बदल्ने घोषणापत्र भएको दाबी गरे । यस घोषणापत्रले संयुक्त राष्ट्रसंघको दिगो विकासको घोषणासँग तादाम्यता राख्ने बताए।

यस्तै, वाम गठबन्धनबाट अत्तालिएर अनर्गल प्रचार र रुवावासी नगर्न उनले कांग्रेसलाई सुझाव दिए । दुई दलको गठबन्धन अधिनायकवाद ल्याउन नभई लोकतन्त्रको सुदृढीकरण गर्न भएको ओलीको भनाइ थियो।

घोषणापत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७० वर्षदेखिको नेपाली राजनीतिको अस्थिरता अन्त्य गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर घोषणापत्र तयार गरिएको बताए ।

‘कांग्रेसले गठबन्धनलाई गाली गरे पनि कुनै पार्टीप्रति तल्लो स्तरमा उत्रेर गालीगलौज गर्ने पक्षमा गठबन्धन छैन, हामी संयमित रुपमा चुनावी प्रतिस्पर्धामा जानुपर्छ’, प्रचण्डले भने।

घोाषणापत्रमा विगतका वामपन्थी सरकारले अगाडि सारेको आफ्नो गाउँ आफैँ बनाऔँ, नेपालको पानी जनताको लगानी, घरघरमा बिजुली जनजन जनमा सेयर जस्ता नारालाई समावेश गरिएको छ। आगामी दश वर्षभित्र २० हजार मेगावाट विद्युत्, आगामी पाँच वर्षभित्र दुई हजार ३५० किमी रेलमार्ग निर्माण तथा अन्य भौतिक पूर्वाधारको विकास र विस्तारमा वामपन्थी नेतृत्वको सरकारको आवश्यकता लगायतका विषय घोषणापत्रमा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मतदाता परिचयपत्र वितरण मङ्सिर ८ देखि
  • बामगठबन्धन पद प्राप्तिकालागि नभई समृद्ध राष्ट्र निर्माणका लागि : कर्ण थापा
  • वाम गठबन्धनले स्थिर सरकार र समृद्धि : उपाध्यक्ष रावल
  • समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब
  • उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको निर्देशन
  • पार्टीले जातीय विभेद गरेको भन्दै कांग्रेस नेता रमेश कोली वाम गठबन्धनमा प्रवेश
  • बैतडीमा २ सय ५८ जनाले हतियार बुझाए
  • एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित