Facebook Twitter Google+ Google+
DHO

लघुकथामाथि विमर्श तथा कायस्थको कृति विमोचन

Pustak bimochanAdvertise Here

काठमाडौँ ।
लघुकथा समाजले राजधानीमा नेपाली लघुकथामाथि विमर्श तथा मोहनबहादुर कायस्थको कृति विमोचन समारोह सम्पन्न गरेको छ ।

बिहीबार संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा सम्पन्न भएको सो समारोहको सञ्चालन सचिव तुलसीहरि कोइरालाले गर्नुभएको थियो । कार्यक्रममा नेपाली लघुकथामाथि आफ्ना विचार राख्ने क्रममा नेपाली लघुकथामा विद्याविरधि गर्नुभएका डा. पुष्करराज भट्टले नेपाली लघुकथाको दशा एवम् दिशाको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले नेपाली लघुकथा विगत भन्दा समृद्ध बनेको र नेपाली लघुकथामा मात्रै कलम चलाउने प्रतिबद्ध स्रष्टाका कारण यसले व्यापकता पाउन सकेको विचार व्यक्त गर्नुभयो ।

स्रष्टा मोहनबहादुर कायस्थको कृति ‘सुन त मुन्द्रे’को विमोचन लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, कृतिका समीक्षक ध्रुव मधिकर्मी, नेपाली लघुकथामाथि प्रकाश पार्नुहुने डा. पुष्करराज भट्ट एवम् कृतिका लेखक मोहनबहादुर कायस्थले गर्नुभएको थियो । विमोचित कृतिका बारेमा मन्तव्य राख्ने क्रममा समीक्षक ध्रुव मधिकर्मीले यो कृतिका अधिकांश रचना लघुकथा भएको र यसले नेपाली लघुकथाका क्षेत्रमा एक नयाँ लेखकको जन्म भएकोमा खुशी व्यक्त गर्नुभयो । कृतिकार मोहनबहादुर कायस्थले आफूले धेरै विधामा कलम चलाएपनि लघुकथा आफ्नो निमित्त प्रिय विधा भएको अभिमत राख्नुभएको थियो ।

कार्यक्रमको समापन अघि लघुकथा समाजका सचिव तुलसीहरि कोइरालाले नेपाली लघुकथाका क्षेत्रमा लघुकथा समाजले दिएको योगदानको चर्चा गर्दै एक लघुकथा पनि वाचन गर्नुभएको थियो । समापन मन्तव्य दिने क्रममा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाली लघुकथाको विकासक्रम र यसको विकासमा लघुकथा समाजले दिएको योगदानको बारेमा चर्चा गर्दै सहभागी सबैलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • मनिराज वाङ्‍मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई
  • मुक्तकमा जम्यो टीकापुर, मुक्तककार पौडेल सम्मानित
  • असोज ५ गते ‘चौतारी’ लोकार्पण हुँदै
  • घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लाई मदन पुरस्कार र वात्स्यायनलाई जगदम्बाश्री
  • नवौँ लघुकथा दिवस भव्यताका साथ सम्पन्न
  • कविता : ढिस्कोको खोजी