Facebook Twitter Google+ Google+
DHO

राष्ट्रपतिबाट ​चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण

Bidyadevi bhandariAdvertise Here

काठमाडौं ।
चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संविधानको धारा ११४ को उपधारा १ बमोजिम चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरिएको हो ।

डा गोविन्द केसी सहितको टोलीले चिकित्सा शिक्षा अध्यादेश पारित नभएको विषयमा राष्ट्रपति र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो।

मन्त्रिपरिषदबाट पारित विधेयक प्रमाणीकरण वा फिर्ता सम्बन्धनमा कुनै पनि जानकारी प्राप्त नभएपछि डा केसीसहित अधिवक्ता ओमप्रकाश अर्याल, डा तोषिमा कार्की, डा अभिशेकराज सिंह र कलाकार रविन्द्रसिंह बानियाँले राष्ट्रपति कार्यालयमा सूचनाको निवेदन दर्ता गराएका थिए।

यस्तै, बिहीबार डा केसीको टोलीले बालुवाटार पुगी प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष चिकित्सा शिक्षा अध्यादेश राष्ट्रतपिबाट प्रमाणीकरण नभएको विषयमा छलफल गरेको थियो।

अध्यादेश प्रमाणीकरण भएपछि अब काठमाडौं उपत्यकामा दश वर्षसम्म निजी मेडिकल कलेज खोल्न पाइने छैन । यस्तै एउटै विश्वविद्यालयले पाँच वटाभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन पनि पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मतदाता परिचयपत्र वितरण मङ्सिर ८ देखि
  • बामगठबन्धन पद प्राप्तिकालागि नभई समृद्ध राष्ट्र निर्माणका लागि : कर्ण थापा
  • वाम गठबन्धनले स्थिर सरकार र समृद्धि : उपाध्यक्ष रावल
  • समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब
  • उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको निर्देशन
  • पार्टीले जातीय विभेद गरेको भन्दै कांग्रेस नेता रमेश कोली वाम गठबन्धनमा प्रवेश
  • बैतडीमा २ सय ५८ जनाले हतियार बुझाए
  • एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित