Facebook Twitter Google+ Google+
DHO

राप्रपाका नेता लख्खाभाइ लगायत कांग्रेस-राप्रपाका तीन दर्जन नेता कार्यकर्ता एमाले प्रवेश

लख्खाभाइसहितलाई पार्टी प्रवेश गराउादै एमाले उपाध्यक्ष भीम रावल । तस्वीरः गोकर्ण दयाल, बैतडी ।Advertise Here

गोकर्ण दयाल
बैतडी ।

बैतडीमा वाम गठबन्धनको पहिलो चुनावी सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं. ७ का सह-संयोजक पुष्करराज जोशी लख्खा भाइ तथा नेपाली कांग्रेस बैतडी क्षेत्र नं. २ का सह-सचिव एवं नेपाल महिला संघका जिल्ला उपाध्यक्ष विस्ना जोशीसहित तीन दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

अखण्ड सुदूरपश्चिम आन्दोलनका नेता पुष्करराज जोशी लख्खाभाइले नेकपा एमाले राष्ट्रवादी शक्तिका रुपमा अघि बढेकोले आफू नेकपा एमालेमा प्रवेश गरेको बताउनुभयो । त्यसैगरी नेपाली कांग्रेस बैतडीका महिला नेतृ विस्ना जोशीले नेपाली कांग्रेसले ठेक्कापट्टा गर्ने ठेकेदारहरुलाई टिकट दिने गरेको र पार्टीमा पूँजीपतिहरुको मात्र हालीमुहाली बढ्दै जाँदा समाज र राष्टको हित हुन नसक्ने भएकाले नेकपा एमालेमा प्रवेश गरेको बताउनुभयो । नेतृ जोशी कांग्रेस बैतडीका चर्चित नेता दामोदर जोशी (वोश) की धर्म पत्नी हुन् ।

वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न बैतडीको खोड्पे पुग्नु भएका एमाले उपाध्यक्ष भीम रावलले उहाँहरुलाई टिका लगाएर पार्टी प्रवेश गराउनु भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी गठबन्धनले बैतडीको खोड्पेमा बुधबार आयोजना गरेको पहिलो चुनावी सभामा राप्रमा र नेपाली कांग्रेसबाट तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा राप्रपा जिल्ला सह-सचिव सुरेन्द्रसिंह भाट, प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य तथा प्रदेश नं. ७ संयोजक दिपेश शाह, युवक संगठनका जिल्ला अध्यक्ष भुपेन्द्र चन्द, राप्रपा जिल्ला सदस्य प्रजापति जोशी, रामसिंह पुजारा (पञ्चेश्वर गाउाँपालिका वडा नं. ६ का निर्वाचित वडा अध्यक्ष) जिल्ला सदस्य गोविन्द भण्डारी, त्रिमल चन्द, किशनसिंह भण्डारी, बलदेव बडु, नरेन्द्र प्रसाद जोशी, लक्ष्मणसिंह धामी, वीरेन्द्रसिंह पुजारा, हिरासिंह धामी, राप्रपा निकट शिक्षक संघका जिल्ला अध्यक्ष लोकराज जोशी, प्रकाश जोशी, भानदेब वडु, रंगीदत्त वडु, अम्बादत्त वडु, गणेशदत्त वडु, गोपालदत्त वडु, मदनराज वडु, गंगादत्त वडु, प्रेमदत्त वडु, जगदीश वडु, धनसिंह भण्डारी, डम्बर बोहरा, रामदत्त जोशी, देवदत्त अवस्थी, तारा चन्द, खडकसिंह धामी, सुनिल जोशी, केशराज जोशीसहित नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवं पूर्व उप-प्रधानमन्त्री भीम रावलले टीका तथा माला लगाई पार्टी प्रवेश गराउनु भएको हो ।

वाम गठबन्धको चुनावी सभामा प्रतिनिधि सभाका साझा उम्मेदवार दामोदर भण्डारी, प्रदेशसभा निर्वाचन क्षेत्र (क) बाट उम्मेदवार प्रेमप्रकाश भट्ट (आदित्य) र निर्वाचन क्षेत्र (ख) बाट उम्मेदवार लीलाधर भट्टले वाम गठबन्धले बैतडीमा दुई तिहाई मत ल्याउने दावीसहित आफ्नो चुनावी प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रमा पोलिटब्युरो सदस्य तथा बैतडी इन्चार्ज नरेन्द्र कुँवर (विजयसुन्दर) एमाले बैतडीमा इन्चार्ज पूरनसिंह दयाल र एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पाललगायत दर्जन नेताहरुले वाम गठबन्धनको जित सुनिश्चित भएको दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • स्थानीय तह निर्वाचनपछि साढे १३ लाख मतदाता थपिए
  • वाम गठबन्धनको घोषणापत्र सार्वजनिक
  • मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग
  • राप्रपाका नेता लख्खाभाइ लगायत कांग्रेस-राप्रपाका तीन दर्जन नेता कार्यकर्ता एमाले प्रवेश
  • देउवा पत्नी आरजु कैलाली–५ बाट चुनाव लड्ने
  • ‘ताप्लेजुङ–दार्चुला चुनावी अभियान’ सञ्चालन गर्दै वाम गठबन्धन
  • निर्वाचनका लागि युवा संघ र वाइसिएलको संयुक्त समिति
  • ४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना