Facebook Twitter Google+ Google+
DHO

मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग

Advertise Here

काठमाडौँ ।

मङ्सिर २१ गते दोश्रो चरणमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन तोकिएका जिल्लाहरुमा बिहीबार उम्मेदवारीका लागि मनोनयन दर्ता गर्न सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

दोस्रो चरणको निर्वाचनमा शीर्ष नेताहरु समेत उम्मेदवार रहेकोले उच्च सुरक्षा व्यवस्था गरिएको जानकारी प्रमख आयुक्त यादवले जानकारी दिए। दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका १२८ निर्वाचन क्षेत्रहरुमा शान्तिपूर्ण तरिकाले मनोनयन सम्पन्न हुनेमा आशावादी रहेको प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले बताए।

आसन्न निर्वाचनको तयारीबारे जानकारी दिन बोलाइएको पत्रकार सम्मेलनमा सर्वोच्च अदालतको आदेशअनुसार नै प्रदेश र प्रतिनिधिसभाको मतपत्र छुट्टाछुट्टै छाप्ने काम जारी रहेको पनि उनले बताए।

आयोगले मतपेटिका र स्वस्तिक छापको व्यवस्थापन गर्ने काम पनि भइरहेको जनाइएको छ। पहिलो चरणमा चुनाव हुने क्षेत्रहरुमा कात्तिक २० गतेभित्रै मतपत्र छपाइ सकेर जिल्लाजिल्लामा पठाइने पनि आयोगले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा
  • अवहेलना मुद्दामा को–को पुगेका छन् सर्वोच्च?