Facebook Twitter Google+ Google+
DHO

मतदाता शिक्षा कार्यक्रम सुरु, आयोगले खटायो २० हजार कर्मचारी

Nirbachan AayogAdvertise Here

काठमाडौं ।

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि २० हजार कर्मचारी खटाएको छ।

पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकी रहँदा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । स्थानीय निर्वाचनमा मतदाता शिक्षा नपुग्दा धेरै मत बदर भएपछि आयोगले यसपाली गाउँगाउँ पुग्ने गरी कर्मचारी परिचालन गरेको हो।

यो प्रक्रियामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदातालाई भोट हाल्न प्रेरित गर्नुको साथै भोट हाल्ने तरिका सिकाइन्छ। आयोगका अनुसार मतदाता शिक्षाका लागि आायेगले सरकारी र गैरसरकारी संस्थाहरूसँग सम्वन्वय गरेको छ।

आयोगले राजनीतिक पार्टीहरूलाई समेत मतदाता शिक्षामा सहयोग गर्न आग्रह गर्दै आएको छ। मतदाता शिक्षा प्रभावकारी हुने भएकाले यसपाली स्थानीय निर्वाचनभन्दा बदर मत कम हुने आयोगको आकलन रहेको छ ।

आयोगले प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र अलगअलग तयार गरेर जिल्ला जिल्लामा पठाएको छ। प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र अलगअलग र समानुपातिकतर्फ एउटै मतपत्रमा दुई वटा छाप लगाउने व्यवस्था आयोगले गरेको छ।

पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर १० गते र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मतदाता परिचयपत्र वितरण मङ्सिर ८ देखि
  • बामगठबन्धन पद प्राप्तिकालागि नभई समृद्ध राष्ट्र निर्माणका लागि : कर्ण थापा
  • वाम गठबन्धनले स्थिर सरकार र समृद्धि : उपाध्यक्ष रावल
  • समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब
  • उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको निर्देशन
  • पार्टीले जातीय विभेद गरेको भन्दै कांग्रेस नेता रमेश कोली वाम गठबन्धनमा प्रवेश
  • बैतडीमा २ सय ५८ जनाले हतियार बुझाए
  • एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित