भोलि सार्वजनिक विदा

मा प्रकाशित


काठमाडौं ।
सरकारले भोलि शुक्रबार सार्बजनिक बिदा दिने घोषणा गरेको छ। हजरत मुहम्मद सल्ललल्लाहो अलैहे बोसल्लमको जन्म दिन परेको अवसरमा मंसीर १५ गते विदा दिने निर्णय गरेको हो।

हजरत मुहम्मद सल्ललल्लाहो इस्लाम धर्मका प्रवर्तक र अल्लाहका अन्तिम सन्देवाहक मानिन्छन्। हजरत मुहम्मदको जन्मदिन नेपालका मुस्लिम समुदायले पनि श्रद्धापूर्वक मनाउने गर्छन्। शुक्रबार सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली नियोगहरुमा समेत सार्वजनिक विदा दिने निर्णय भइसकेको मन्त्रालयले सूचनामार्फत जनाएको छ।

सरकारले पुस १० गते पर्ने क्रिसमसको बिदा पनि आजै घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: