Facebook Twitter Google+ Google+
DHO

भोट बदर हुने चिन्ता

निर्बाचनAdvertise Here

बैतडी ।

सुर्नया गाउँपालिका-६ स्थित शंकरपुरकी हरिना अवस्थीले हरेक निर्वाचनमा वारेसमार्फत भोट दिने गरेकी छन् । मतदाता शिक्षा अभावमा हरिनाजस्तै अरु धेरै ग्रामिण महिलाले पनि भोट हाल्न अरुको सहयोग लिनुपर्छ। आसन्न निर्वाचनका लागि त मतदाता शिक्षा कार्यक्रम नै ढिलो सञ्चालन हुने भएपछि मत बदर हुने चिन्ता झनै बढेको छ ।

‘मतदाता शिक्षा स्वयंसेबक कहिले आउँछन् भन्ने थाहै हुदैन’, उनले भनिन् ‘बदर होला भन्ने चिन्ताले अरूमार्फत नै भोट दिने गरेकी छु।

निर्वाचन नजिकिसँगै ग्रामीण क्षेत्रका मतदातालाई भोट बदर हुने हो कि भन्ने चिन्ता लाग्न थालेको छ। ‘तीनवटा मतपत्र हुन्छन् भन्ने सुनेको छु। भोट कसरी दिने भन्ने विषयमा अझै थाहा छैन। आफूले दिएको भोट बदर नहोस् भन्ने इच्छा त हो तर सिकाउन कोही आएका छैनन्’, सिगास-९ का चन्दले भने, ‘गाउँका धेरै व्यक्ति मतदानको बिषयमा अनविज्ञ छन् ।’

एकैपटक अलग-अलग मतपत्रमा भोट गर्नुपर्ने भएपछी मतदाता अन्योलमा परेका हुन्।  ‘गाउँका सर्वसाधारण मतदानका विषयमा निकै द्विविधामा छन्। निर्वाचन कार्यालयाले यथाशिघ्र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ, मणिलेक माविका शिक्षक अर्जुनबहादुर कुंवरले भने,” भोट गर्ने तरिकाबारे मतदाता स्पष्ट नहुँदा यसले निर्बाचन परिणामलाई  प्रभावसमेत पार्ने हुन्छ।”

कार्तिक २६ गतेपछि मात्र मतदाता शिक्षा स्वयंसेबकलाई गाउँ पठाउने तयारी  जिल्ला निर्वाचन कार्यालयले गरेको छ। निर्वाचन आयोग प्रतिनिधि र प्रदेशसभाका अलग-अलग मतपत्र छाप्ने निर्णय गरेपछी मतदाता शिक्षा कार्यक्रम पछि धकेलिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले बताए। ‘कात्तिक २५ गते मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिएर २६ गतेदेखि गाऊँ पठाउने तयारी गरेका छौं, उनले भने, “सकेसम्म अधिकतम नागरिकलाई मतदान प्रक्रियाका बारेमा सिकाउनेछौं।’

बैतडीमा एक सय ८२ मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्ने तयारी छ। ‘मतदातालाई जहाँ भेट्यो त्यही नै मतदान प्रक्रियाका बारेमा सिकाउन मतदाता शिक्षा स्वयंसेबकलाई भन्छौं, उनले भने, ‘यसले बदर मतको संख्या घटाउने आशा हामीले गरेका छौं।’

मतदाता शिक्षा स्वयंसेवक भने दुर्गम ठाउँमा नपुग्ने गरेको स्थानीयको गुनासो छ। ‘स्थानीय तह निर्वाचनमा पनि मतदाता शिक्षा स्वयंसेबक खटिएका थिए। हाम्रो गाउँमा आइपुगेनन्, सुर्नया-६ का मुरलीप्रसाद अवस्थीले भने, ‘गाउँमा लेखपढ़ गर्न नजान्नेलाई भोट हाल्न निके सकस छ।” यो खबर भगीरथ अवस्थीले आजको अन्नपूर्णमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश राजधानी तोकिएको ४८ घन्टामै कर्मचारी खटाइने तयारी
  • एमाले–माओवादी केन्द्रबीच मंसिर ९ गते पार्टी एकीकरण
  • सत्ता कब्जा गर्दैनौं : दाहाल
  • छोटो मतपत्र : झन्झटिलो मतदान प्रक्रिया
  • यस्ता छन् २५ वर्षयताका घोषणापत्र
  • भोट बदर हुने चिन्ता
  • नेता चिनेर भोट हाल्ने दिन कहिले आउला?
  • यी हुन् कांग्रेसका समानुिपातिक उम्मेदवार