Facebook Twitter Google+ Google+
DHO

बैतडीमा २ सय ५८ जनाले हतियार बुझाए

Advertise Here

बैतडी ।

बैतडीमा हालसम्म २ सय ५८ जनाले हातहतियार बुझाएका छन । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले हतियार बुझाउन थियो ।

चुनावी सुरक्षालाई मध्यनजर गरेर हातहतियार खरखजना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तीहरुसंग रहेका ईजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो ।

कार्तिक १५ गतेभित्र बुझाउन आग्रह गरेको र कात्तिक १५ गतेसम्म ९८ जनाले मात्र बुझाएको भएपनि हाल उक्त संख्या बढेर २ सय ५८ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । उहाँले भन्नेभयो“एकनाले,दुईनाले भरुवा बन्दुक गरी उक्त हतियार जम्मा भएको छ ।”

बैतडीमा भरुवा बन्दुक,बाराबोर,बाईसबोर, दुई नाले र एकनाले बन्दुक गरी १ हजार १२९ ईजाजत प्राप्त हतियार रहेका प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले बताउनुभयो ।

हतियार बुझाउन बाँकी रहेका व्यक्तीले छिटोभन्दा छिटो नजिकको प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रसासन कार्यालय बैतडीले आग्रह गरेको छ । हतियार नबुझाउनु निर्वाचन आचारसंहिता बिपरित भएकाले नबुझाउने ब्यक्तीलाई कानुन अनुसार कार्वाही गरिने जनाईएको छ ।

प्रशासनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न ईजाजत पत्र लिई हातहतियार राखेका व्यक्तिहरुलाई बुझाउन आग्रह गरेको हो ।

आगामी निर्वाचनलाई मध्यनजर गरेर बैतडीमा सुरक्षाव्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा
  • अवहेलना मुद्दामा को–को पुगेका छन् सर्वोच्च?