Facebook Twitter Google+ Google+
DHO

पार्टीले जातीय विभेद गरेको भन्दै कांग्रेस नेता रमेश कोली वाम गठबन्धनमा प्रवेश

Advertise Here
बैतडी ।

कांग्रेसका महासमिति सदस्य तथा बैतडीका प्रभावशाली दलित अगुवा नेता रमेश कोलीले पार्टी परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेका छन् । कांग्रेसले सिंगो दलित समुदायको अपमान गरेकाले पार्टी छोडेको उनले बताए ।

२० वर्ष पार्टीमा गरेको लगानीको कुनै कदर नगरेको तथा कांगे्रस बैतडीका नेताहरुले जातीय विभेद गरेको उनको आरोप छ । कांग्रेसका उम्मेदवारहरुले विभेदकारीहरुलाई संरक्षण दिएको र उम्मेदवारहरुले पनि दलित समुदायमाथि धावा बोलेकाले चित्त दुखेको उनले बताए । ‘म दलितहरुको स्वाभिमानका लागि लडेको हुँ तर, कांग्रेसले मलाई साथ नदिएकाले विभेदकारीहरुसँगै बस्न चाहेन ।’ उनले भने ।

आफु दलित अधिकारका लागि लड्ने क्रान्तिकारी योद्धा भएकाले वाम गठबन्धनमा आएको उनको भनाई छ । लामो जनयुद्धको संघर्षबाट गरिब, निमुखा र दलितलाई माथि उकास्ने माओवादी केन्द्र र एमालेपार्टीको वाम गठबन्धनलाई आगमी निर्वाचनमा जिताउने अभियानमा लागेको उनले बताए ।

आफुले कुनै पद नखोजेको भन्दै उनले दलितहरुको सम्मान र अधिकारका लागि लड्ने बताए । अब कांग्रेसले दलित बस्तीहरुमा छिर्न नपाउने कोलीको भनाई छ । आफुसँगै सयौ नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेश गर्नेक्रम सुरु भएकाले कांग्रेसको हार निश्चत भएको उनको भनाई छ । दलितमाथि अपशब्द बोल्ने कांग्रेस नेता कार्यकर्ताहरुलाई कार्वाहीको दायरामा लिने पनि उनले बताए ।

बाम गठबन्धनलाई सशक्त बनाउँने भन्दै उनले अब कांगे्रसले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बैतडीमा जित्छु भन्नु दिवासपना मात्रै भएको दावी गरे । दलित समुदायको अपमान गर्ने कांग्रेसलाई दलित बस्तीबाट एक भोट पनि नजाने दावी गर्दै कोलीले दलित समुदाय स्वाभिमानका लागि आफ्नै पौरखमा बाँच्ने समुदाय भएको बताए ।

विगत दुईदशकदेखि काग्रेसमा रहेका प्रभावशाली नेता कोलीको कदमले कांग्रेसलाई आसन्न चुनावमा धक्का लागेको छ । दलित समुदायमाझ लोकप्रिय तथा विश्वासिलो छवि बनाएका नेता कोलीले वाम गठबन्धनमा प्रवेश गरेपछि लोकतान्त्रिक गठबन्धनलाई धक्का लाग्ने भएको हो ।

यसविषयमा काग्रेसका सभापति नरेन्द्रसिह थापालाई बुझ्दा उनले कांग्रेसले जातीय विभेद गर्न नसक्ने बताए । यदि पार्टीमा कसैले भेदभाव गरेको पाईएमा कार्वाही गर्ने उनले बताए । पार्टी त्याग्नु व्यक्तिको अधिकारको कुरा भएकाले पार्टीलाई असर नपर्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा
  • अवहेलना मुद्दामा को–को पुगेका छन् सर्वोच्च?