Facebook Twitter Google+ Google+
DHO

निर्वाचनको सबै तयारी पूरा, मतदानमा सहभागी हुन आयोगको आग्रह

Advertise Here

काठमाडौँ ।
निर्वाचन आयोगले भोलि मंसीर १० गते ३२ जिल्लामा हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ।

पहिलो चरणको निर्वाचनमा ३२ जिल्लाका ७०२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन आयोगले मतदानका लागि २ हजार ९ सय १९ मतदानस्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र तोकेको छ। ३१ लाख ९१ हजार ९४५ मतदाताले भोलि मतदान गर्दैछन्।

निर्वाचन आयोगले अशक्त, जेष्ठ नागरिकलगायतलाई प्राथमिकताका साथ मतदान गर्न
दिने व्यवस्था मिलाउन निर्वाचनमा खटिएका पर्यवेक्षकलाई आग्रह गरेको छ। भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ।

आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनका सबै तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ‘नयाँ सरकार गठनमा अवरोधको कोसिस’
  • बैतडी जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्
  • समानुपातिकको मतगणना सम्पन्न, कुन दलले कति सिट पाउँछन् ?
  • पाटन नगर कार्यपालिकामा विवाद हुँदा सेवाग्राही मार्कामा
  • बैतडीमा फेला पर्‍यो मूर्तिसहितको गुफा
  • यी हुन् प्रदेश सातको प्रतिनिधि सभामा विजयी १६ सांसदहरु
  • सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
  • वाम गठबन्धनको प्रत्यक्षतर्फ दुई तिहाई