Facebook Twitter Google+ Google+
DHO

चुनावप्रचारमा गाउँकेन्द्रित हुँदै बैतडीका राजनीतिक दल

prachar-btdAdvertise Here

बैतडी ।

प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि बैतडीमा उम्मेदवारहरु भोट माग्ने कार्यमा व्यस्त रहेका छन् ।

चुनावलाई लक्षित गरेर बैतडीमा सबै राजनीतिक दलले चुनावी अभियानलाई तीव्रता दिएका छन् । सबै राजनीतिक दलहरु आजभोलि भोट माग्न गाउँ केन्द्रित भएका छन् ।

मतदाताहरुलाई कामको चटारो भए पनि उम्मेदवारहरुलाई मत माग्न हतार भइरहेको छ । वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन र अन्य साना दलहरुले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

ठूलादेखि साना दलहरु मत माग्नका लागि गाउँगाउँ पुग्ने गरेका छन् । चुनावी सभा र घरदैलोमार्फत उम्मेदवारले मत माग्ने काम गरिरहेका छन् । मत माग्न गाउँगाउँ पुगेका नेताहरुले पुरानै आश्वासन दोहो¥याइरहेको जनताले बताएका छन् । जिल्लामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच प्रतिस्पर्धा हुने आँकलन गरिएकाले उनीहरुले प्रचारप्रसारमा बढी जोड दिएका छन् ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि एमालेका नेता पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीलाई अघि सारेको छ भने प्रदेश सभाका लागि ‘क’ बाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र ‘ख’ बाट एमालेका लीलाधर भट्ट उम्मेदवार बनेका छन् ।

उता लोकतान्त्रिक गठबन्धनका तर्फवाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेस नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द उम्मेदवार बनेका छन् भने प्रदेश सभा सदस्यका लागि बैतडी ‘क’ बाट नेपाली काँग्रेसका हरिमोहन भण्डारी र बैतडी ‘ख’ मा राप्रपाका गणेश चन्द चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै, प्रतिनिधि सभाका लागि विवेकशील साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी चुनावी मैदानमा लड्ने भएका छन् । प्रदेश सभातर्फ क्षेत्र नं १ राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।

एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मतदाता परिचयपत्र वितरण मङ्सिर ८ देखि
  • बामगठबन्धन पद प्राप्तिकालागि नभई समृद्ध राष्ट्र निर्माणका लागि : कर्ण थापा
  • वाम गठबन्धनले स्थिर सरकार र समृद्धि : उपाध्यक्ष रावल
  • समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब
  • उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको निर्देशन
  • पार्टीले जातीय विभेद गरेको भन्दै कांग्रेस नेता रमेश कोली वाम गठबन्धनमा प्रवेश
  • बैतडीमा २ सय ५८ जनाले हतियार बुझाए
  • एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित