Facebook Twitter Google+ Google+
DHO

एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित

nepal vs indiaAdvertise Here

काठमाडौं । एसीसी यू–१९ युथ एशिया कप क्रिकेटमा नेपालद्वारा भारत १९ रनले पराजित भएको छ । कुनै पनि तहको क्रिकेटमा नेपालले भारतमाथि जित हासिल गरेको यो पहिलो पटक हो । तसर्थ नेपाल–भारत क्रिकेटमा नेपालको यो ऐतिहासिक जित हो ।
मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले ऐतिहासिक जित हासिल गरेको हो । नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १६६ रनमै अल आउट भएको थियो ।
नेपालको सुरुवात राम्रो नरहे पनि अन्त्य चाहिँ आक्रामक भयो । पहिले ब्याटिङ गरेको नेपालले कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङको मादतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनायो । २८ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । आसिफ शेख ३ र अनिल शाह ६ रनमा आउट भए । चौथो नम्बरमा ब्याटिङमा आएका दिपेन्द्रले ओपनर जितेन्द्र सिंह ठकुरीसँग मिलेर नेपालको पारी सम्हाले ।
जितेन्द्र र दिपेन्द्रले तेस्रो विकेटका लागि ४९ रनको साझदारी गरेका थिए । जितेन्द्र ३६ रन बनाएका थिए, त्यसपछि आएका कुनै पनि ब्याट्सम्यानले दिपेन्द्रलाई साथ दिन सकेनन् । नेपालको पारी सकिन ८ बल बाँकी छँदा आठौं विकेटका रुपमा आउट भएका दिपेन्द्रले १०१ बलमा ६ चौका र एक छक्काको मदतमा ८८ रन बनाएका थिए ।
खेलमा भारतका लागि आदित्य ठाकरे र अभिषेक शर्माले दुई, दुई विकेट लिएका थिए । एसीसी–१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ‘ए’मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन् । समूह ‘बी’मा भने श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • चिली ब्राजिलसँग पराजित, विश्वकपमा छनौट हुन सकेन
  • नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान
  • नेपालद्वारा सिंगापुर २२ रनले पराजित
  • प्रधानमन्त्री कप क्रिकेट : बैतडीबाट ४ खेलाडी छनौट
  • राष्ट्रिय क्रिकेट खेलाडीहरु बेलौरीको विज्डम एकेडेमीमा
  • पुरुष भलिबलको उपाधी रोडिदेवललाई
  • प्रजातन्त्र दिवसमा मैत्रीपुर्ण फुटबल: पत्रकार बिजयी
  • पत्रकार र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने