Facebook Twitter Google+ Google+
DHO

एमाले–माओवादी केन्द्रबीच मंसिर ९ गते पार्टी एकीकरण

thumbAdvertise Here

काठमाडौं ।
वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ।

निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको अन्तिम तयारी भइरहेको हो।

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बाहेक अन्य स्थानमा पहिलो चरण निर्वाचनको मौन अवधिमा पनि सभासमारोह गर्न, दलहरूबीच एकता या गठबन्धन गर्न आचारसंहिताले नरोक्ने जवाफ दिएपछि दुई पार्टी पहिलो चरणअगावै एकता घोषणाको तयारीमा जुटेका हुन्।

निर्वाचन प्रचार अभियानबीच दुवै पार्टीका शीर्ष नेताहरू फोन, गोप्य भेटघाटमार्फत एकता घोषणालाई अन्तिम रूप दिन छलफल गरिरहेका छन्।

पार्टी एकता तयारीका लागि बनाइएको उच्चस्तरीय एकता संयोजन समिति र कार्यदलमार्फत दुई पार्टीबीच रहेका सैद्धान्तिक र नीतिगत मतभेदसहित नेतृत्व र नेता व्यवस्थापनका विषयमा अन्तिम चरणको कुराकानी भइरहेको एमालेका एक शीर्ष नेताले बताए।

पहिलो चरणको निर्वाचन मिति सम्मुखमा पार्टी एकीकरणको घोषणा गर्न दुवै पार्टीका शीर्ष नेता लागि परेका छन्। स्रोतका अनुसार उनीहरूले पहिलो चरणको निर्वाचनबाटै वाम गठबन्धनको उम्मेदवारको पक्षमा अत्यधिक मत खसोस्, कार्यकर्ता तहमा विश्वास पैदा होस् भन्ने उद्देश्यका साथ पार्टी एकीकरणको घोषणा गर्न लागेका हुन्।

माओवादी केन्द्रका शीर्ष तहका नेताहरूसमेत घोषणाको तयारी भइरहेको बताउँछन्। पहिलो चरण निर्वाचन आउन दुई साता बाँकी रहँदा निर्वाचन प्रचारका कामलाई तीव्रता दिनुपर्ने भएका कारण संयोजन समिति र कार्यदलका केही नेता व्यस्त भएपछि शीर्ष नेताबीच एकता घोषणाको तयारीलाई अघि बढाइएको उनीहरू बताउँछन्।

एकता संयोजन समितिमा एमालेका तर्फबाट पार्टीअध्यक्ष केपी ओली, पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल छन्। माओवादी केन्द्रका तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। यो समितिमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसमेत सदस्य थिए।

निर्वाचन प्रतिस्पर्धा गर्ने क्षेत्रका विषयमा माओवादी केन्द्रसँग मतभेद भएपछि उनी गठबन्धन छोडेर एक्लै चुनावी मैदानमा छन्। उनीहरूबीच एकीकरणको घोषणा गर्दा कुन कुन विषय टुंग्याएर घोषणा गर्ने भन्ने छलफल चलिरहेको छ। यो समाचार टपेन्द्र कार्कीले आजको राजधानीमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश राजधानी तोकिएको ४८ घन्टामै कर्मचारी खटाइने तयारी
  • एमाले–माओवादी केन्द्रबीच मंसिर ९ गते पार्टी एकीकरण
  • सत्ता कब्जा गर्दैनौं : दाहाल
  • छोटो मतपत्र : झन्झटिलो मतदान प्रक्रिया
  • यस्ता छन् २५ वर्षयताका घोषणापत्र
  • भोट बदर हुने चिन्ता
  • नेता चिनेर भोट हाल्ने दिन कहिले आउला?
  • यी हुन् कांग्रेसका समानुिपातिक उम्मेदवार