Facebook Twitter Google+ Google+
DHO

स्वास्थ्य संस्था हस्तान्तरण प्रक्रिया सुरु

Advertise Here

बैतडी ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ ।

बैतडी जिल्लामा रहेका प्राथामिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाई र बर्थिङ सेन्टरहरुलाई संघीय कार्यन्वयन एकाईको निर्देशन अनुसार जिल्ला स्वास्थ्य कार्यालय बैतडीले स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया शुरु गरेको हो ।

कार्यालयले सम्बन्धीत स्वास्थ्य संस्थालाई आ-आफ्नो स्वामित्वमा रहेको जग्गाजमिन, औषधी उपकरणहरु लगायत चलअचल सम्पति विवरण, स्थायी, अस्थाई र करारमा रहेका सबै कर्मचारीहरुको विवरण पेश गर्न सबै स्वास्थ्य संस्थाहरुलाई पत्राचार गरि  निर्देशन दिएको छ ।

स्वास्थ्य संस्थाहरुको विवरण संकलन गर्ने काम भईरहेको छ, संघ र प्रदेशको चुनावपछि हस्तान्तरणका लागि बाँकी प्रक्रिया अगाडि बढ्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो ।

यसपछी जिल्ला स्वास्थ्य कार्यालय बैतडीको मातहतमा रहेका स्वास्थ्य संस्थाहरु गाउँपालिका र नगरपालिका मातहतमा रहने छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • स्वस्थ रहन खप्तड बाबाका ५ सुझाव
  • रक्तचाप कम हुँदा अपनाउनुपर्ने घरेलु उपाय
  • जाडो मौसममा बिरामीले ख्याल गर्नुपर्ने मुख्य ६ कुरा
  • डा. गोविन्द केसी १४ ‍औँ पटक अनशनमा
  • स्वास्थ्य संस्थामै पाइन्न आइरन चक्‍की : रित्तो हात फर्किन्छन् गर्भवती
  • एड्स दिवसमा मिस कण्डम प्रतियोगिता
  • राष्ट्रपतिबाट ​चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण
  • प्रदेश ७ मा कहाँकहाँ बनाउँदैछ सरकारले नयाँ ३१ भवन?