सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्द हुँदै

मा प्रकाशित


नयाँ दिल्ली (एजेन्सी) ।

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबिसी) बन्द हुने भएको छ । बलिउडका सुप्रसिद्ध नायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको यस सोको अन्तिम एपिसोड सोमबार प्रसारण हुनेछ ।

कार्यक्रम बन्द हुन लाग्दा यसका प्रशंसकसँगै सञ्चालक अमिताभ पनि दुःखी छन्।अमिताभले सन् २००० मा सुरु भएको यस शो प्रति माया दिने दर्शकलाई पनि धन्यवाद दिएका छन् । ‘१७ वर्षअघि यस शो ले इतिहास रचेको थियो र तपाईंले फेरि पनि यस्तो इतिहास रच्न सहयोग गर्नुभयो । यो कुनै सानो काम थिएन।’

सिजन ९ को अन्तिम एपिसोड आउनु अगाडि अमिताभले ट्विट गर्दै कार्यक्रमसँग जोडिएका सबैसँग टाढा हुनुपर्ने प्रसंग उल्लेख गर्दै यसलाई दुःखद भनेका छन्।

केबिसीको सिजन-९ समापन हुने अवसरमा अमिताभले भनेका छन्, ‘केबिसीसँग जोडिएका ४ सय ५० जनाको टिमले मिहिनेतपूर्वक काम नगरेको भए शो कहिल्यै यति सानदार हुने थिएन।’

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: