Facebook Twitter Google+ Google+
DHO

सुर्नया गाउँपालिकाद्धारा बजार अनुगमन

thumbAdvertise Here

बैतडी ।

बैतडीको सुर्नया गाउँपालिकाले वडा नं २ भित्र रहेका पसलहरुको अनुगमन गरेको छ । तिहार नजिक आएसंगै बजारमा हुन सक्ने कालोबजारी तथा म्याद गुज्रेका सामग्री विक्रि वितरणमा रोक लगाउने उद्देश्य सहित वडा कार्यालयको समन्वयमा बजार अनुगमन गरिएको हो ।

सतबाँझ, सिउँडे, सिन्केलेक तथा गाउँमा भएका पसलहरुको समेत अनुगमन गरिएको वडा नं २ को कार्यालयका प्राविधिक सहायक विष्णुदत्त बोगटीले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा १ क्विन्टल अचार, ५ केजी मसला लगायतका अन्य खाद्यवस्तुहरु म्याद नाघेका वस्तु भेटिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका सामग्री नष्ट गरिएको वडा नं २ का वडा अध्यक्ष हर्कबहादुर पाण्डेले जानकारी दिनुभयो ।

यस्तै धेरै जसो पसलहरु दर्ता नभएका पाइएकाले पसलहरुलाई सम्बन्धित निकाय र वडा कार्यालय दर्ता गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । यस्तै पसलमा मूल्यसूची र साइनबोर्ड समेत राख्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

अहिले जिल्लाका सबै जसो स्थानीय तहमा जनप्रतिनिधिहरुले बजार अनुगमन कार्यलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • पहिलो चरण निर्वाचन : मतदाता परिचयपत्र मंसिर ८ र ९ मा वितरण हुने
  • ऋणको बोझले छोराको हत्यापछि आत्महत्या
  • मतदाता शिक्षा कार्यक्रममा ढिलाइ
  • फोटोमा हेर्नुस् काठमाडौंको दीपावली
  • यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा
  • ​तिहार सुरु, पहिलो दिन आज कागतिहार
  • खर काट्ने काममा महिलाहरु व्यस्त
  • सुर्नया गाउँपालिकाद्धारा बजार अनुगमन