Facebook Twitter Google+ Google+
DHO

शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

Advertise Here

अत्तरिया ।
प्रतिभा सामुदायिक पुुस्तकालय, अत्तरिया कैलालीले विजयदशमी, दिपावली तथा छठको अवसर पारेर शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । पुुस्तकालयका अध्यक्ष कृष्ण पनेरु वञ्चितको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन सचिव लीलाधर बास्कोटाले गर्नुुभएको थियो । सो समारोहमा विभिन्न स्रष्टाले आफ्नो शुभकामना मन्तव्यका साथै रचना वाचन समेत गरेका थिए ।

नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुुष्करराज भट्ट प्रमुख अतिथि एवम् डोटी बहुुमुुखी क्याम्पसका प्राध्यापक तीर्थराज जोशी विशिष्ट अतिथि रहनुुभएको थियो । सो समारोहमा संस्थाका तर्फबाट पुुस्तकालयका कार्यसमिति सदस्य गिरिसिंह बोहराले स्वागत मन्तव्य दिनुभएको थियो । यस कार्यक्रममा महाकाली गजल प्रतिष्ठानका अध्यक्ष कविराज भट्ट, हेमराज पन्त, दामोदर रिजाल, हरिप्रसाद ओझा, नन्दसिंह खडका, पुष्पराज जोशी, कुमारप्रसाद निरौला, विश्वनाथ कापडी अतिथिका रुपमा रहनुुभएको थियो । कार्यक्रममा कविराज भट्ट, नन्दा जोशी, गिरीराज अवस्थी, युगीन विवेक, गंगाराम अवस्थी, जनक रसिकले रचना वाचन एवम् मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डा. भट्टले सुुदूर पश्चिमको प्रवेशढोकाका रुपमा रहेको अतरिया क्षेत्र साहित्यिक सांस्कृतिक हिसाबले समृद्ध बन्दै गएको प्रसंग उल्लेख गर्दै यस क्षेत्रका संघसंस्था र प्रतिभाको पहिचान र विकासका लागि सबैले लागि पर्नुुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • अछाममा तरुल खन्दै गरेका बालकको मृत्यु
  • पृथ्वी जयन्तीमा सार्वजनिक बिदा
  • डा. गोविन्द केसी १४ ‍औँ पटक अनशनमा
  • प्रदेश सातको राजधानी दिपायल हुनुपर्ने भन्दै प्रदर्शन
  • चुनावी प्रचार सामग्री तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन
  • आज टोपी दिवस मनाइँदै
  • डेढ सय गुप्तचरको जागिर गयो
  • विप्लव समूहका दुई नेता जेल चलान