Facebook Twitter Google+ Google+
DHO

विदेशमा अध्ययनरत विद्यार्थीद्वारा कम्प्युटर सहयोग

ripu1Advertise Here

बैतडी ।

कास्की जिल्ला घर भई हाल फ्लोरिडा एट्लान्टिक युनिभर्सीटी, फ्लोरिडा (FAU, USA) मा बिद्याबारिधि अध्ययनरत विद्यार्थी रिपु कुवँरले बैतडीका दुई विद्यालयहरु पाटन नगरपालिका वडा नं. ९, स्थित श्री जनपृय आधारभुत विद्यालय काकस्याली र श्री सिद्धेश्वर मा. वि. हुक्केडाँडा लाई छुट्टाछुट्टै सहयोग गर्नुभयो ।

आफ्नो पढाईको सिलसिलामा अमेरीकाबाट सुदुरपश्चिमको पहाडी जिल्लाहरु बैतडी र दार्चुलामा पाईने जैविक वनस्पतीहरुको खोज अनुसन्धानको क्रममा बैतडीमा रहदा र त्यहाका जडिबुटी र जंगल, स्थानीय बैद्यहरु, बृद्धबृद्धाहरुसंग अन्तरक्रिया गर्ने क्रममा यहाँका विद्यालयहरुका शिक्षक विद्यार्थीहरुसँग पनि छलफल गर्नुभयो ।

उक्त विद्यालयहरुमा गुणस्तरीय पठनपाठन, व्यवस्थीत भौतीक संरचना, दक्ष जनशक्ति उत्पादन तथा वनजंगलमा पाईने विभिन्न प्रजातीका जडीबुटी तिनीहरुको संरक्षण र सदुपयोग सहित तिनीहरुको घरेलु उपचारका वारेमा विद्यार्थी, शिक्षक, अभिभावक र बैद्यहरु माझ छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि संचालन गरिएको थियो ।

विद्यालयमा कम्प्युटर बिषय पठन पाठन भैरहेको अवस्थामा समेत विद्यार्थीहरुले कम्प्युटर नदेखेको हुदा विद्यालयहरु न्यून आर्थिक अवस्था रहेको हुदा केहि विद्यालयहरुलाई भौतिक एवं आर्थिक कम्प्युटर उपलब्ध गराईएको थियो ।

कार्यक्रममा जनपृय आधारभुत विद्यालयलाई ३० हजार बराबरको एक सेट कम्प्युटर र सिद्धेश्वर मा.वि. लाई १० हजार बराबरको एक थान दराज सहयोग रिपु कुवँर, फ्लोरिडा एट्लान्टिक युनिभर्सीटी, फ्लोरिडा र रुफोर्ड फाउन्डेसन बेलाएत (Rufford Foundation, UK) को सौजन्यमा सम्भब भएको हो ।

ripu

उक्त अवसरमा रिपु कुवँर लगाएत अनुसन्धान सहयोगी शिवराज भट्ट, जिल्ला पत्रकार महासंघ बैतडीका अध्यक्ष प्रेम भाट र अभिभावकहरु लगायतको बाक्लो उपस्थिती थियो । विद्यालयलाई कम्प्युटर दिएपछी आफनै विद्यालयमा कम्प्युटर देख्न पाएको र पढाईमा सहज भएको कुरा जनपृय आधारभुत विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थी माधब महराले बताए ।

चालु शैक्षिक सत्रमा सिद्धेश्वर गा.वि.स. लाई वालमैत्रिपूर्ण गा.वि.स. घोषणा भए संगै यस क्षेत्रमा वालवालिकाहरुको हक अधिकारको पूर्ण पालना हुनुका साथै विद्यालय उमेर समूहका सबै वालवालिकाहरु विद्यालयमा अध्ययन गरिरहेका र यस्ता सहयोगहरुबाट थप उर्जा मिल्ने र अन्य सहयोगी हातहरुलाई पनि स्वागत रहेको कुरा जनपृय आधारभुत विद्यालय काकस्यालीका अभिभावक शिवराज भट्टले बताउनुभयो ।

सहयोग गर्ने मनलाई नत भौगोलिक दुरी ले छेक्छ नत अपरिचित नाताले नै भन्ने कुरा सावित भएको छ, विदेशमा बस्ने नेपाली विद्यार्थीबाट यसरी विद्यालयमा आएर सहयोग गरेको देख्दा आफुलाई सारै खुशी लागेको, यस क्षेत्रका विद्यार्थीहरुले समेत यसबाट राम्रो पाठ सिक्ने कुरा सिद्धेश्वर मा.वि. का अभिभावक दान सिंह महराले बताउनुभयो ।

२०१८ सालमा स्थापना भएको सिद्धेश्वर मा.वि. मा हाल कक्षा ९ सम्मको पठन पाठन संचालन भैरहेको छ । यस चालु शैक्षिक सत्रको माघ मसान्त सम्म खानेपानी तथा सरसफाई सुविधाको आधारमा विद्यालयलाई तिनतारे (3 Star) विद्यालय घोषणाका लागि अभियान थालनी गरिएको कुरा विद्यालयका प्र.अ. नरेन्द्र भट्टले बताउनुभयो ।

राज्यबाट विद्यालयलाई उपलब्ध गराउने सेवा सुविधाहरु अपुरो रहेको र हाल प्रा.वि. तहमा ३ जना स्थाई, १ जना राहत गरि जम्मा ४ जना शिक्षक रहेको र बाँकी ६ जना शिक्षकहरुको मासिक पारिश्रमिक विद्यालयको आन्तरिक कोषबाट दिनु पर्ने भएको हुदा विद्यालयलाई आर्थिक समस्या परिरहेको कुरा विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • विदेशमा अध्ययनरत विद्यार्थीद्वारा कम्प्युटर सहयोग
  • किर्ते गरेकोको आरोप लागेका प्रधानाध्यापक निर्दोष ठहर
  • नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आयोगले काम थाल्यो
  • अवस्थीलाई विद्याभूषण पदक
  • कक्षा १२ को परीक्षाफल प्रकाशित
  • कृष्ण माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सब सम्पन्न
  • डडेल्धुराको एक विद्यालयमा विद्यार्थीद्धारा तालाबन्दी 
  • डा. केसीका माग लत्याउँदै संसद अघि बढ्दै