Facebook Twitter Google+ Google+
DHO

रोनाल्डोको गोलसँगै रियल मड्रिड विजयी

ronaldoAdvertise Here

काठमाडौं ।

क्रिष्टियानो रोनाल्डोको गोलसँगै रियल मड्रिडले गेटाफेलाई हराएको छ र स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।

ग्यारेथ बेल विना मैदान उत्रिएको रियलले गेटाफेलाई २–१ गोल अन्तरले हराएको हो ।

गेटाफेको घरेलु मैदानमा भएको खेलमा रियलले ३९ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लियो । ५६ औं मिनेटमा मोलिनाले बराबरी गोल फर्काए ।

तर, ८५ औं मिनेटमा रोनाल्डोले गोल गरेपछि रियल मड्रिडले २–१ गोल अन्तरले विजयी भएको छ ।

यो जित सबै प्रतियोगितामा लगातार चौथो जित हो र अर्को खेलमा लिग लिडर बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग १–१ को बराबरी खेलेको छ ।

सुपर कपमा बार्सिलोनामाथि ३–१ ले जित हात पारेको खेलमा रेफ्रीलाई धकेलेका कारण रोनाल्डाले ५ खेलको प्रतिबन्ध खेपे । रोनाल्डोको अनुपस्थितिमा च्याम्पियन्स लिग र ला लिगाको साबिकको विजेताले ला लिगामा ४ अंक गुमायो ।

प्रतिबन्धपछि रोनाल्डोको पहिलो खेलमा नै रियल बेटिससँग अप्रत्यासित हार व्यहोर्‍यो  ।

शनिबारको जितसँगै रियल मड्रिड १७ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । तर, लिग लिडर बार्सिलोनाभन्दा अझै ५ अंकले पछाडि छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • चिली ब्राजिलसँग पराजित, विश्वकपमा छनौट हुन सकेन
  • नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान
  • नेपालद्वारा सिंगापुर २२ रनले पराजित
  • प्रधानमन्त्री कप क्रिकेट : बैतडीबाट ४ खेलाडी छनौट
  • राष्ट्रिय क्रिकेट खेलाडीहरु बेलौरीको विज्डम एकेडेमीमा
  • पुरुष भलिबलको उपाधी रोडिदेवललाई
  • प्रजातन्त्र दिवसमा मैत्रीपुर्ण फुटबल: पत्रकार बिजयी
  • पत्रकार र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने