Facebook Twitter Google+ Google+
DHO

राप्रपा बैतडीका एक दर्जन संस्थापक नेताद्वारा पार्टी परित्याग

thumbAdvertise Here

बैतडी ।
बैतडी जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक दर्जन संस्थापक नेताहरुले पार्टी परित्याग गरेका छन् ।

राप्रपा बैतडीका वर्तमान उपाध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा बसेको संस्थापक नेताहरुको भेलाले जिल्ला नेतृत्व र केन्द्रीय नेतृत्वले आफूहरुको योगदानको कदर नगरेको तथा पार्टी एकलौटी ढङ्गले चलेको भन्दै पार्टी परित्याग गरेका हुन् ।

पार्टी परित्याग गर्नेमा वर्तमान जिल्ला कार्य समितिका उपाध्यक्ष प्रेमसिंह धामीसँगै पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति मोहन थापा, पूर्व जिल्ला अध्यक्ष मोहन बहादुर विष्ट, पूर्व जिविस उपसभापति तथा पार्टी उपाध्यक्ष जयप्रकाश पन्तलगायतका पार्टीका संस्थापक नेताहरु रहेका छन् ।

यस्तै क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति उत्तम बहादुर चन्द, पूर्व जिविस सदस्य तथा केन्द्रीय पार्षद् गणेश बहादुर विष्ट, पूर्व क्षेत्रीय सभापति उदयसिंह भण्डारी, प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार नेतृ रमा भण्डारी, पूर्व जिविस सदस्य, प्रेम विष्ट र पूर्व खलंगा गाविस अध्यक्ष विष्णुदत्त पाण्डेयले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्ने नेताहरुका अनुसार आफ्नो समर्थनमा रहेका पार्टीको युवा पंक्तिले पनि पार्टी परित्याग गर्ने तयारी गरिरहेका छन् । केही दिनमा पत्रकार सम्मेलन गरी ठूलो संख्यामा युवा नेता कार्यकर्ताले पार्टी छोडेको घोषणा गर्ने नेताले बताएका छन् ।

पार्टी नेतृत्वले एकलौटी ढङ्गले टिकट वितरण गरेको, राप्रपा पटक-पटक टुटफुटको राजनीतिमा सक्रिय भएको तथा पार्टी मनोमानी ढङ्गले चल्दा स्थानीय तहको निर्वाचनमा ठूलो हार व्यहोर्नु परेको आरोप नेताहरुले लगाएका छन् ।

राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा स्वार्थी, तानाशाही र पद लोलुपतामा फसेको उनीहरुको आरोप छ । कमल थापाकै व्यक्तिगत स्वार्थका कारण पार्टी पटक पटक विभाजन हुँदा प्रजातन्त्र कमजोर बनेको उनीहरुको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • पहिलो चरण निर्वाचन : मतदाता परिचयपत्र मंसिर ८ र ९ मा वितरण हुने
  • ‘वाम गठबन्धनले बहुमत पाएमा सरकारको स्थायित्व र समृद्धि’
  • राप्रपा बैतडीका एक दर्जन संस्थापक नेताद्वारा पार्टी परित्याग
  • मतदाता शिक्षा कार्यक्रममा ढिलाइ
  • को हुन लीलाधर भट्ट ?
  • को हुन् दामोदर भण्डारी?
  • दीपावलीले हरेक नेपालीको मुहारमा उज्यालो ल्याउन सकोस् : राष्ट्रपति भण्डारी
  • गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट विजयी