Facebook Twitter Google+ Google+
DHO

महाकाव्य ‘कैकेयी’ सार्वजनिक

001Advertise Here

कार्त्तिक ११, २०७४, काठमाडौं ।
कवि गोविन्दराज विनोदीद्वारा रचित महाकाव्य ‘कैकेयी’ राजधानीमा अायाेजित एक समाराेहबीच सार्वजनिक गरिएको छ । साहित्यकार एवं प्राध्यापक डा. चूडामणि बन्धुको प्रमुख आतिथ्यमा सर्वनाम थिएटर कलिकास्थानमा आयोजित कार्यक्रममा प्राध्यापक/समालाेचक राजेन्द्र सुवेदी, कवि/समालोचक प्रभा भट्टराई, साहित्यकार भुवनहरि सिग्देल, लेखक स्वयं र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा महाकाव्यको विमोचन गरे ।
विमोचनपछि बोल्दै समालोचक राजेन्द्र सुवेदीले भने, ‘रामायणमा उपेक्षित नारी पात्र ‘कैकेयी’लाई केन्द्रमा राखी श्रृजना गरिएको प्रस्तुत महाकाव्य कला भाव, बिम्ब–प्रतीक र महाकाव्यिक चेतनाको दृष्टिले उत्कृष्ट रहेको छ ।’
प्रमुख अतिथि बन्धुले महाकाव्य समाकालिन समयमा पठनीय रहेको बताए । यसैगरी कवि तथा समालोचक प्रभा भट्टराईले नारीवादी दृष्टिकोणले प्रस्तुत कैकेयी महाकाव्य विशिष्ट रहेको बताइन् । उनले भनिन्, ‘रामायणको मिथकलाई आधुनिकतामा जोडिएको उत्कृष्ट महाकाव्य हो– कैकेयी ।’
कार्यक्रममा साहित्यकार भुवरहरि सिग्देलले स्वागत मन्तव्य राखेका थिए । युवा पुस्ताका छन्दकवि सुदेश सत्याल र मनोज भण्डारीले महाकाव्यका केही श्लोकहरू वाचन गरेका थिए ।
शिखा बुक्सले प्रकाशनमा ल्याएको कृतिको मूल्य रु तीन सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • मनिराज वाङ्‍मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई
  • मुक्तकमा जम्यो टीकापुर, मुक्तककार पौडेल सम्मानित
  • असोज ५ गते ‘चौतारी’ लोकार्पण हुँदै
  • घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लाई मदन पुरस्कार र वात्स्यायनलाई जगदम्बाश्री
  • नवौँ लघुकथा दिवस भव्यताका साथ सम्पन्न
  • कविता : ढिस्कोको खोजी