मदिरा निषेधित क्षेत्र घोषणा कागजमै सीमित

मा प्रकाशित


बैतडी ।

बैतडीका धेरैजसो स्थानीय तहले स्थानीय तहहरुलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको भएपनि कागजमै सीमित भएको छ । अवैध मदिराको कारोबार रोक्नका लागि कतिपय ठाउँमा मदिराको अवैध कारोबार बन्द गरिएको छ भने कतिपय स्थानीय तहभरी नै मदिराको कारोबारमा पूर्ण रुपमा रोक लगाउने निर्णय समेत भएको छ ।

स्थानीय तहहरुले अवैध मदिराको कारोबारमा रोक लगाएको भएपनि मदिराको कारोबार भने नरोकिएको स्थानीय बासिन्दाले बताएका छन् । सिगास गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको भएपनि कार्यान्वयन भने नभएको स्थानीय जनक साउँदले बताउनुभयो ।

सिगास गाउँपालिकाले भदौ महिनामा नै मदिराको कारोबार बन्द गर्ने निर्णय गरेको थियो । यस्तै शिवनाथ गाउँपालिकाले पनि मदिराको कारोबार बन्द गर्ने निर्णयलाई उच्च अदालत दिपायलको महेन्द्र इजलासले कारोबार बन्द गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरीम आदेश दिएपछि मदिराको कारोबार जारी रहेको छ ।

लाइसेन्स लिएकाहरुले कानुनी रुपमा मदिराको विक्रिवितरण गरिरहेको बताएका छन् । कानुनी रुपले मदिराको कारोबार गर्ने कागज लिएर व्यसाय गरिरहेकाहरुको मदिरा व्यवयसाय रोक्न कानुनले समेत नमिल्ने भएपछि मदिरा निषेधित क्षेत्र घोषणा गर्ने कुरा कागजमै सीमित हुन थालेको छ ।

जिल्लाको पुरचौडी नगरपालिकाको न्वाला, साँफेबजार लगायतका क्षेत्रमा मदिराको अवैध कारोबार चलि नै रहेको स्थानीय बासिन्दाले बताएका छन् । मदिारका कारण बालबालिका तथा महिलामाथि हुने हिंसा बढेको भन्दै स्थानीय तहहरुले मदिरा नियन्त्रण गर्ने अभियान सञ्चालन गरेपनि प्रभावकारी हुन नसकेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: