Facebook Twitter Google+ Google+
DHO

मतदाता शिक्षा कार्यक्रममा ढिलाइ

Nirbachan AayogAdvertise Here

काठमाडौँ ।
पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन एक महिनामात्र बाँकी हुँदा अझैसम्म जिल्ला जिल्लामा निर्वाचन शिक्षा सामग्री नपठाइएको निर्वाचन आयोगका अधिकारीहरुले बताएका छन्।

जिल्लास्थित निर्वाचन अधिकारीहरुले ती सामग्री नआइपुगेकाले मतदाता शिक्षा सुरु हुन नसकेको बताएका छन्।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुन नसकेका कारण ठूलो परिमाणमा मत बदर भएको बताइएको थियो।

मंसिर १० गते ३२ वटा उच्च पहाडी तथा हिमाली जिल्लामा हुने निर्वाचनको उम्मेद्वारी दर्ता गर्नेदेखि उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्ने सम्मको काम सकिसकेका जिल्ला निर्वाचन कार्यालयहरु अब मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिसक्नुपर्ने हो।

तर निर्वाचन आयोगले निर्वाचन शिक्षा सामग्री पठाइनसकेकोले निर्वाचन सम्बन्धी एक महत्वपूर्ण काम मतदाता शिक्षा कार्यक्रम थाल्न ढिलो भएको विभिन्न जिल्लास्थित निर्वाचन अधिकृतहरुले बताएका छन्।

निर्वाचन आयोगका अनुसार तीन चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनताका कतिपय जिल्लामा २० प्रतिशतसम्म मत बदर भएका थिए।

स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा मतदान गर्न परेकाले मतदाता झुक्किएको निर्वाचन आयोगले बताउँदै आएको छ। यसपटक त्यस्तो नहुने आयोगको दावी छ।
-बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • पहिलो चरण निर्वाचन : मतदाता परिचयपत्र मंसिर ८ र ९ मा वितरण हुने
  • ‘वाम गठबन्धनले बहुमत पाएमा सरकारको स्थायित्व र समृद्धि’
  • राप्रपा बैतडीका एक दर्जन संस्थापक नेताद्वारा पार्टी परित्याग
  • मतदाता शिक्षा कार्यक्रममा ढिलाइ
  • को हुन लीलाधर भट्ट ?
  • को हुन् दामोदर भण्डारी?
  • दीपावलीले हरेक नेपालीको मुहारमा उज्यालो ल्याउन सकोस् : राष्ट्रपति भण्डारी
  • गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट विजयी