बौद्धमार्गीले मनाए गुम्बामा सामूहिक टीका लगाएर दसैं

मा प्रकाशित


नुवाकोट ।
दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीस्थित टाछी छोइलिङ गुम्बामा सामूहिक दसैं पर्व मनाएर आइतबार टीका ग्रहण गरिएको छ । साबिक शिखरबेसी गाविस-४, ७, ८ र ९ का चार सयभन्दा बढी तामाङ सामुदायका बासिन्दाले गुम्बाका प्रमुखसँग सामूहिक रुपमा दसैं पर्व मनाउँदै टीका ग्रहण गरेका हुन् ।

परम्परादेखि नै चल्दै आएको सामूहिक टीका लगाउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको टाछी छोइलिङ गुम्बाका सदस्य एवं गुम्बा लामा तेञ्जिङ लामाले जानकारी दिए ।

दसैं पर्वको समयमा घरमा आउन नसक्नेहरु पनि गुम्बामा टीका ग्रहण गर्न अनिवार्य उपस्थित हुने गरेका छन् । बौद्धमार्गीको बासोबास रहेको यस स्थानमा दसैं पर्वको अवसरमा एकादशीको दिन सामूहिक रुपमा भोज खाएर दसैं पर्व मनाउँदै टीका ग्रहण गर्ने प्रचलन छ । रासस

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: