बैतडी दोगडाकेदार-४ का वडाध्यक्षको मृत्यु

मा प्रकाशित


बैतडी ।
बैतडीको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुरको बिष्टको मृत्यु भएको छ । वडाध्यक्ष बिष्टलाई शुक्रबार एक्कासी ज्वरो आएको थियो । उनको उपचारका क्रममा भारतको बरेलीमा रहेको एक अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

दोगडाकेदार गाउँपालिका वडा नं ४ का अध्यक्ष तथा दोगडा केदार गाउँपालिकाका प्रवक्तासमेत रहेका विष्ट कुशल समाजसेवी हुन् । उनी नेकपा एमाले दोगडाकेदार गाउँपालिका कमिटी उपाध्यक्ष पनि हुन् । ५२ वर्षीय बिष्टका श्रीमती र दुई छोरा रहेका छन् । विष्ट नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: