Facebook Twitter Google+ Google+
DHO

बैतडीको झुलाघाँटमा बलिउड फिल्म छायांकन हुने

arjun and priditiAdvertise Here

लोकेश साउद,
बैतडी ।

बैतडीको सिमावर्ती नाका झुलाघाँटमा बलिउड फिल्म छायांकन हुने भएको छ । बलिउडका स्टार नायक अर्जुन कपूर तथा नायिका परिणीति चोपड़ाको अभिनयमा निर्माण हुन लागेको फिल्म ‘सन्दीप और पिंकी फरार’को छायांकनका लागि निर्माण समुहले बैतडी प्रशासनबाट अनुमती मागेको छ ।

फिल्म निर्देशक दिबाकर बेनर्जीद्वारा निर्देशित फिल्म ‘सन्दीप और पिंकी फरार’को छायांकनका लागि जिल्ला प्रशासन कार्यालय बैतडीसँग अनुमती माग गर्दै पत्र पठाएको हो ।

नेपाल भारत सिमाना झुलाघाँटमा भारतको जन्ती नेपाल आउँदै गरेको दृष्य छायांकन हुने र उक्त दृष्य फिल्मको लागि निकै महत्वपूर्ण भएको निर्माण समुहले पठाएको पत्रमा उल्लेख छ । झुलाघाँट पुलमा छायांकनका लागि भारत प्रशासनले अनुमती दिइसकेपनि नेपालको अनुमती पाउन कठिन हुने देखिएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले स्थानीय प्रशासनले अनुमति दिन नमिल्ने र आफूले गृह मन्त्रालयलाई सिफारिस गर्ने बताउनुभयो । उहाँले सिमा क्षेत्रमा फिल्म निर्माणका लागि गृह मन्त्रालय स्वयंले पनि अनुमती दिन नसक्ने भएकाले संचार मन्त्रालयलाई अनुरोध गर्ने कानुनी प्रावधान रहेको बताउनुभयो ।

बलिउड फिल्ममा मध्यपहाडी लोकमार्गको पश्चिमी बिन्दु तथा महाकाली नदीको सुन्दर तटिय क्षेत्रले स्थान पाउनु सकारात्मक हो र यसले पर्यटन प्रवद्र्धनमा पनि सहयोग पु¥याउने अनुमान गर्न सकिन्छ । तर झन्झटिलो कानुनी प्रावधान र लामो प्रक्रियाले झुलाघाँटको दृष्य छुट्नसक्ने जोखिम पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • बैतडीको झुलाघाँटमा बलिउड फिल्म छायांकन हुने
  • बुद्ध लामा बने पहिलो नेपाल आइडल
  • सरोजको “मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा
  • नेपाल आइडलकी दावेदार सन्ध्या जोशी
  • राजेश हमाल बने उर्जामन्त्री, कुलमानको ठाउँमा विजय लामा
  • युसुफको तिम्रो नयनमा अनु शाह र समिमको यस्तो रोमान्स (भिडियो सहित)
  • रक्सी पिएर आउँदा सुरजलाई आशाले घर भित्र पस्न दिईनन्
  • रक्सी कस्ले बनायो कमेडी दोहोरी गीत सार्वजनिक