Facebook Twitter Google+ Google+
DHO

फोटोमा हेर्नुस् काठमाडौंको दीपावली
देउसी, भैलो र झिलिमिलीले शहर जाग्राम छ

चाेभारकाे डाँडाबाट काठमाडाै‌ शहरकाे दीपावली हेरेर रमाइरहेका युवायुवती ।Advertise Here
चाेभारबाट देखिएकाे काठमाडाै‌ शहर ।

चाेभारबाट देखिएकाे काठमाडाै‌ शहर ।

राजेन्द्र तारकिणी/दीपसागर पन्त |

काठमाडौं । तिहारको तेस्रो दिन आज देशैभरि दीप प्रज्वलन गरी धनकी अधिष्ठात्री देवी लक्ष्मीको पूजाआराधना गरिएको छ । मानिसहरु आज साँझदेखि रातिसम्म ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधनामा निमग्न छन् । देउँसी, भैलो र दीपावलीले काठमाडौं शहर जाग्राम देखिन्छ ।

घर–घरमा दियो, मैनबत्ती र नानाथरी रंगीन बिजुलीबत्तीहरु बलिरहेका छन् ।  काठमाडौं शहरमा दीपावली र अातिसबाजीले जता हेर्यो त्यतै झिलिमिली देखिन्छ । सिंगो शहर प्रज्वलित भएर झिलिमिलीमा व्याप्त छ ।

यसै सन्दर्भमा कीर्तिपुर र चोभारको डाँडाबाट देखिएको काठमाडौं शहरको दीपावलीका केही फोटा यहाँ राखिएको छ ।

दीपावलीमा कीर्तिपुर शहर ।

दीपावलीमा कीर्तिपुर शहर ।

 

धार्मिक मान्यताका आधारमा घर सफासुग्घर र लिपपोत गरी साँझ दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिने प्रचलन रहिआएको छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्या‍ङलगायतका स्थानमा सरसफाइ गरी साँझ दीप प्रज्ज्वलन गरी आराधना गर्नाले लक्ष्मी भित्रिने जनविश्वास रही आएको छ ।

दीपावलीमा सिँगारिएकाे घर ।

दीपावलीमा सिँगारिएकाे घर ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मतदाता परिचयपत्र वितरण मङ्सिर ८ देखि
  • बामगठबन्धन पद प्राप्तिकालागि नभई समृद्ध राष्ट्र निर्माणका लागि : कर्ण थापा
  • वाम गठबन्धनले स्थिर सरकार र समृद्धि : उपाध्यक्ष रावल
  • समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब
  • उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको निर्देशन
  • पार्टीले जातीय विभेद गरेको भन्दै कांग्रेस नेता रमेश कोली वाम गठबन्धनमा प्रवेश
  • बैतडीमा २ सय ५८ जनाले हतियार बुझाए
  • एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित