पुष्करलाई धोका दिएर राजेन्द्रसंग घर बसाईन् मनिषाले (भिडियोसहित)

मा प्रकाशित


बैतडी ।

लामो समय पुष्करसंग प्रेममा रहेकी मनिषाले उनलाई धोका दिएर राजेन्द्रसंग बिबाह गरेकी छिन् । लामो समयसम्म प्रेममा रहेकी प्रेमिकाले एक्कासी अर्कैसंग विवाह गरेर गएपछी कसको मन नरोला र? त्यस्तै भएको छ पुष्करलाई पनि ।

राजेन्द्रसंग बिबाह भएपछी भक्कानिंदै मनिषालाई पुष्कर भन्दैछन्: ‘हे मैना चडी मलाई छाडी तैंत गई अर्काई डोली ।’ मनिषासंग पुष्करको गुनासो छ: ‘यो जिन्दगी तुईको भन्थी, मायामा घात गरि, मैलाई छाडी नदी किनार तैंले त पार गरी ।’ यो जिन्दगीमा आफ्नो बनाउन नसके पनि उनी मनिषासंग भन्दैछन्: ‘निक्केरी खाएई मैना अर्का जन्म मेरी होलि ।’

यो कसैको जीवनमा घटेको घटना नभई डेउडा गायन क्षेत्रमा सर्वाधिक लोकप्रिय गायक दीपक कोली ‘प्यासी’को सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियोको अंश हो । उक्त म्युजिक भिडियोमा पुष्कर बिष्ट, मनिषा कटुवाल र राजेन्द्र बिष्टको अभिनय रहेको छ ।

“तैत गई अर्काई डोली” बोलको गीत एक बर्ष अगाडी अलिशा म्युजिक अत्तरियाले रेकर्ड गरेको थियो । भावना म्युजिक सोलुसनले उत्पादन गरेको उक्त गीतको म्युजिक भिडियोलाई म्युजिक नेपालको यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियो युटयुबमा देख्न सकिन्छ ।

गायक प्यासीको निकै उत्कृष्ट शब्द तथा संगीतमा रहेको उक्त गीतको म्युजिक भिडियोलाई हरिश महराले छायाँकन र निर्देशन गरेका छन् भने अमर शाक्यले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा पाटन क्षेत्र भित्र रहेका रमणीय दृश्यरु हेर्न सकिन्छ ।

भिडियो यहाँ हेर्नुहोस्:

 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!