Facebook Twitter Google+ Google+
DHO

निर्वाचन आयोगद्वारा उम्मेदवारको अन्तिम नामावली प्रकाशन

Nirbachan AayogAdvertise Here

काठमाडौं ।
मंसिर १० गते पहिलो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले बुधबार उम्मेदवारी फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर बुधबार नै चुनाव चिन्ह पनि प्रदान गरेको छ । राजनीतिक दलका उम्मेदवारहरुले पार्टीको आधिकारिक चुनाव चिन्ह पाएका छन् भने स्वतन्त्र रुपमा
चुनाव लडेकाहरुलाई अलग्गै चुनाव चिन्ह प्रदान गरिएको छ ।

मंसिर १० गते हुने पहिलो चरणमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा २६६ उम्मेदवार रहेका छन्। कात्तिक ५ गते उम्मेदवार मनोनयन दर्ता गराएका मध्ये ८७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

पहिलो चरणमा मंसिर १० गते प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभाको निर्वाचन हुँदैछ ।

उम्मेदवारहरुको अन्तिम नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् : http://result.election.gov.np

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मतदाता परिचयपत्र वितरण मङ्सिर ८ देखि
  • बामगठबन्धन पद प्राप्तिकालागि नभई समृद्ध राष्ट्र निर्माणका लागि : कर्ण थापा
  • वाम गठबन्धनले स्थिर सरकार र समृद्धि : उपाध्यक्ष रावल
  • समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब
  • उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको निर्देशन
  • पार्टीले जातीय विभेद गरेको भन्दै कांग्रेस नेता रमेश कोली वाम गठबन्धनमा प्रवेश
  • बैतडीमा २ सय ५८ जनाले हतियार बुझाए
  • एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित