Facebook Twitter Google+ Google+
DHO

निर्वाचनका लागि युवा संघ र वाइसिएलको संयुक्त समिति
आग्रह/पूर्वाग्रहभन्दा माथि उठेर इतिहासको आवश्यकता पूरा गर्न अाह्वान

Advertise Here

काठमाडौं । अासन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वाम एकताकाे प्रक्रियामा रहेका दुर्इ ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माअाेवादी केन्द्रका युवा संगठनले संयुक्त निर्वाचन परिचालन समिति गठन गरेका छन् । पार्टी एकताको लक्ष्यसहित निर्वाचनमा तालमेल गरेका दुवै पार्टीका  युवा संगठनले ३ हजार एक सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेका हुन् ।

युवा संघ नेपाल र वाइसिएल नेपालको संयुक्त बैठकले दुवै संगठनका पदाधिकारी रहेको सचिवालय र दैनिक कार्य सञ्चालनका लागि दुवै अध्यक्षसहितको ११ सदस्यीय शीर्ष संयोजन समिति गठन गरेको छ । केन्द्रीय इञ्चार्जसहितको दुवै युवा संगठनको संयुक्त बैठकले केन्द्र, प्रदेश र स्थानीय तहमा समेत संयुक्त रुपमा प्रचारप्रसार समिति गठन गर्ने र त्यसलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय पनि गरेको छ । बैठकले दुवै संगठनको प्रदेश इञ्चार्ज वा प्रमुखको नेतृत्वमा र जिल्लामा जिल्ला अध्यक्ष वा संयोजकको अध्यक्षतामा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेकाे स्राेतले जनाएकाे छ । स्राेतका अनुसार जिल्ला मातहत रहेका समितिसमेत सोहीअनुसार गरिनेछ ।

‘संविधान कार्यान्वयनको महत्वपूर्ण चरणका रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम शक्तिलाई विजयी गराउन युवाको भूमिका महत्वपूर्ण छ,’ युवा संघका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले भने । सोही लक्ष्यअनुसार कार्य क्षेत्रमा प्रस्तुत हुन उनले मातहतका कार्यकर्तालार्इ आग्रह गरे । उनले नेपालको इतिहासमा आगामी निर्वाचन नयाँ कार्यभारसहितको निर्वाचन भएकाले सम्पूर्ण ध्यान केन्द्रित गर्न आह्वान गरेका छन् ।

त्यस्तै, वाइसिएलका इञ्चार्ज मणि थापाले कुनै पनि आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर इतिहासको आवश्यकता पूरा गर्दै वामपन्थी गठबन्धनलाई विजयी गराउनु आजको प्रमुख कार्यभार रहेको बताएका छन् । उनले नेपालका युवाको प्रमुख दुई संगठनले जनतालाई संगठित गर्दै निर्वाचनलाई शतप्रतिशत रुपमा सफल बनाउनुपर्नेमा जोड दिँदै अाफू मातहतका कार्यकर्तालार्इ अहाेरात्र खटिन अाह्वान गरे ।

 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा
  • अवहेलना मुद्दामा को–को पुगेका छन् सर्वोच्च?