Facebook Twitter Google+ Google+
DHO

देउवा पत्नी आरजु कैलाली–५ बाट चुनाव लड्ने

Aruju deubaAdvertise Here

काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा कैलाली क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष चुनाव लड्ने भएकी छिन्।

अघिल्लो पटक समानुपातिक प्रणालीतर्फबाट सांसद बनेकी आरजु यो पटक भने प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष चुनाव लड्न लागेकी हुन्।

कैलाली क्षेत्र नम्बर ५ कांग्रेस बाहुल्य क्षेत्र हो, जुन क्षेत्रबाट अघिल्लो संविधान सभा निर्वाचनमा प्रधानमन्त्री देउवा विजयी भएका थिए।

सोमबार बसेको संसदीय समितिको बैठकले देउवा पत्नी आरजुलाई यस क्षेत्रबाट प्रतिनिधि सभाका लागि टिकट दिने निर्णय गरेको हो।

अघिल्लो निर्वाचनमा ६ वटा निर्वाचन क्षेत्र भएको कैलालीमा यो पटक पाँच वटा निर्वाचन क्षेत्र कायम गरिएको छ।

आरजु मंगलबार धनगढी आउने कार्यक्रम रहेको छ । आरजुले धनगढीबाट चुनाव लड्ने भएपछि यस क्षेत्रका कांग्रेस नेता कार्यकर्ताहले सामाजिक सन्जालमार्फत उनलाई स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • स्थानीय तह निर्वाचनपछि साढे १३ लाख मतदाता थपिए
  • वाम गठबन्धनको घोषणापत्र सार्वजनिक
  • मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग
  • राप्रपाका नेता लख्खाभाइ लगायत कांग्रेस-राप्रपाका तीन दर्जन नेता कार्यकर्ता एमाले प्रवेश
  • देउवा पत्नी आरजु कैलाली–५ बाट चुनाव लड्ने
  • ‘ताप्लेजुङ–दार्चुला चुनावी अभियान’ सञ्चालन गर्दै वाम गठबन्धन
  • निर्वाचनका लागि युवा संघ र वाइसिएलको संयुक्त समिति
  • ४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना