Facebook Twitter Google+ Google+
DHO

तिहारमा राति १० बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने

Advertise Here

काठमाडौं ।
गृहमन्त्रालयले तिहारमा राती १० बजेसम्म मात्रै देउसी तथा भैलोजस्ता विभिन्न सांस्कृतिक कार्यक्रमहरू खेल्न अनुरोध गरेको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षालाई लक्षित गरी रातको १० बजेसम्म मात्रै त्यस्ता कार्यक्रमहरू खेल्न अनुरोध गरेको हो।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने भएकाले सुरक्षालाई दृष्टिगत गरी सांस्कृतिक कार्यक्रमहरु राति १० बजेसम्म मात्र गर्न सबैमा हार्दिक अनुरोध गरिन्छ।’

त्यस्तै, तिहार र छठजस्ता पर्वमा पटका तथा आतिसवाजीजस्ता प्रज्वलनशील पदार्थ प्रयोममा समेत मन्त्रालयले रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा
  • अवहेलना मुद्दामा को–को पुगेका छन् सर्वोच्च?