Facebook Twitter Google+ Google+
DHO

‘ताप्लेजुङ–दार्चुला चुनावी अभियान’ सञ्चालन गर्दै वाम गठबन्धन

thumbAdvertise Here

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेका नेकपा एमाले र माओवादी केन्द्रले यही कात्तिक १९ देखि २६ गतेसम्म ताप्लेजुङ–दार्चुला चुनावी अभियान सञ्चालन गर्ने भएका छन् । पार्टी एकताको निर्णयसहित चुनावी तालमेलमा हाेमिएका दुवै पार्टीका शीर्षनेताले सम्बोधन गर्नेगरी कार्यक्रम तय गरिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणमा आगामी मंसिर १० गते निर्वाचन हुने हिमाली जिल्लामा चुनावी अभियानलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ जनाइएकाे छ । स्थानीयस्तरमा तय हुने निर्वाचन केन्द्रित कार्यक्रममा पनि पार्टीका उच्च तहका नेता सहभागी हुने भएकाे स्राेतले जनायाे ।

पार्टी एकताको मूल मर्म र निर्वाचन सफल बनाउने दायित्वलाई ख्याल गर्दै अभियानमा अहाेरात्र खट्न दुवै पार्टीका शीर्ष नेताले सबै तहका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिइसकेका छन् ।

मंसिर १० गते पहिलाे चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन हुँदैछ । ती जिल्लाको चुनावी अभियानपछि दोस्रो चरणका लागि पुन: कार्यक्रम तय गरिने ती पार्टी निकट स्राेतले जनाएकाे छ ।

दुवै पार्टीले जिल्लास्तरमा ७ सदस्यीय पार्टी एकता संयोजन समिति बनाउने, संयुक्त प्रचारप्रसार समिति बनाउने, जनवर्गीय तथा लेखक, बुद्धिजीवीका बीचमा संयुक्त कार्यक्रम गर्ने र विपक्षीका तर्फबाट फैलाइएको गलत प्रचारको खण्डन गर्दै वामपन्थी शक्ति नै खासमा लोकतान्त्रिक शक्ति हो भन्ने स्पष्ट पार्ने कार्यक्रम समेत तय गरिने भएकाे छ । यसका साथै प्रदेश तथा जिल्ला तहमा संयुक्त भेलाको आयोजना गरी दुवै पार्टीबीच मैत्रीपूर्ण रुपमा निर्वाचन अभियान सञ्चालन गर्ने कार्यक्रम दुवै पार्टीले सञ्चालन गर्ने निर्णय समेत गरिएकाे स्राेतकाे दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • स्थानीय तह निर्वाचनपछि साढे १३ लाख मतदाता थपिए
  • वाम गठबन्धनको घोषणापत्र सार्वजनिक
  • मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग
  • राप्रपाका नेता लख्खाभाइ लगायत कांग्रेस-राप्रपाका तीन दर्जन नेता कार्यकर्ता एमाले प्रवेश
  • देउवा पत्नी आरजु कैलाली–५ बाट चुनाव लड्ने
  • ‘ताप्लेजुङ–दार्चुला चुनावी अभियान’ सञ्चालन गर्दै वाम गठबन्धन
  • निर्वाचनका लागि युवा संघ र वाइसिएलको संयुक्त समिति
  • ४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना